बागलुङ, ११ पौष – नगरपालिका–१ रामरेखास्थित किरियापुत्री सेवा समाज घर निर्माणका लागि दुई जनाले नगद १÷१ लाख प्रदान गरेका छन् । आइतबार एक कार्यक्रमका बीच रोटरी क्लव अफ बागलुङका क्लव एडमिस्टेशन अध्यक्ष गोमा केसी र बानपा–१ का समाजसेवी गुमादेवी आचार्यले नगद १÷१ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । बानपा–१ रामरेखामा रहेको उक्त समाज घरको हाताभित्र निर्माणाधिन शौचालय सहितको पानी ट्याङ्की निर्माण तथा सम्रग समाज घर व्यवस्थापनका लागि संस्थाका अध्यक्ष कृष्णबहादुर क्षेत्रीलाई उक्त रकम हस्तान्तरण गरिएको हो । रोटरी क्लव अफ बागलुङ तथा किरियापुत्री सेवा समाज घर बानपा–१ रामरेखाले संयुक्त रुपमा आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले सामाजिक कार्यमा सबैले हातेमालो गर्नुपर्ने बताएका थिए । कार्यक्रममा रोटरी क्लव अफ बागलुङका अध्यक्ष नेत्र न्यौपाने, सहयोगदाता गोमा केसी लगायतले बोलेका थिए । घर नभएका तथा बाहिरबाट आएर बहालमा बस्ने तथा घर भएर पनि उपयुक्त ठाउँको अभावका कारणले विवाह, ब्रतवन्ध, काजकिरिया लगाएतका सामाजिक कार्य गर्नका लागि बानपा–१ रामरेखाको डिलमा साझा समाज घर निर्माण गर्न लागिएको संस्थाका सल्लाहाकार महेन्द्र आचार्यले जानकारी दिए । ६ लाख ८६ हजार रुपैयाँको लागतमा निर्माण भईरहेको सेवा समाज घरलाई स्थानीय ४० जनाबाट ५÷५ हजारका दरले २ लाख, रत्न शेरचन सांसद विकास कोषवाट ४५ हजार, जिल्ला विकास समितिको वास कार्यक्रमबाट शौचालय सहितको पानी ट्याङ्कीका लागि सहयोग रहेको र ४ लाख ३६ हजार ऋण रहेको समाजका अध्यक्ष केसीले जानकारी दिए । कार्यक्रम सेवा समाज घरका अध्यक्ष कृष्णबहादुर क्षेत्रीको अध्यक्षता, कानुनी सल्लाहाकार सरिता केसीको स्वागत र सचिव तेजेन्द्रवहादुर आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleपूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ती
Next Article देश बिखण्डनमा लैजान खोजियोः महासचिव पोख्रेल