राजेशचन्द्र रा.भ
नेपालको राजनीतिले निकास दिन नसकेको समयमा पुर्ब राजा ज्ञानेन्द्र शाहले निकालेको प्रेस विज्ञप्तिले अहिले पुसको जाडो याममा समेत बजार मज्जासँग तताएको छ । देश र नेपाली जनताप्रति चिन्तित भै निकालिएको बिज्ञप्ती अबश्य पनि महत्वपूर्ण छ । नेपाली भएर बाँच्न पाउ, नेपाली भएरै मर्न पाउ भन्ने भावनाले सबै नेपालीको मन अवश्य पनि छुन्छ । अहिले सबै राजनीतिक पार्टीदेखि सरकार प्रमुख र मन्त्री सबैलाई राजा ज्ञानेन्द्रले दिएको अभिब्यक्तिले तरङ्गित पारेको छ ।
संविधान संशोधनदेखि धेरै राजनीतिक मुद्दा मिल्न नसकेको अवस्था छ । संसद अहिले पनि बिपक्षी कै कब्जामा छ । निर्वाचनको कुरा पनि एकादेशको कथा जस्तै भएको छ । देश र राजनीतिले निकास नपाउँदा राजनीति गोल चक्करमा फसिरहेको समयमा आएको पुर्बराजा ज्ञानेन्द्रले देश र जनताको चिन्ता गरि निकालेको बिज्ञप्तीले अहिले ठुलै अर्थ राख्ने अड्कलबाजी समेत हुन थालेको छ । राजावादीहरू र पुराना पञ्चहरू त खुलेआम ‘राजा आउँ देश बचाउँ’ भनेर भनिरहेका मात्र छैनन्, अघिल्लो बिज्ञप्तीबाट त पुर्बपञ्च र राप्रपा लगायतका राजनीतिक दललाई अहिले ठुलै मसला मिलेको छ ।
नेपाली कांग्रेस, एमाले माओवादी केन्द्र लगायतका राजनीतिक दलहरू संसदकै गोल चक्रमा फसेर देश र जनतालाई निकास दिन असमर्थ बनिरहेको समयमा पुर्बराजाले ‘मौकामा चौका हान्न’ खोज्नु स्वभाविक नै मान्नुपर्छ । देशमा २४० बर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरि नेपाली जनताको छोराछोरी राष्ट्रपति बनेको पनि १० बर्ष बित्न लागिसक्यो तर नेपाली जनताको न त जीवनस्तरमा सुधार आयो न त अहिले आफुलाई जनताको राष्ट्रपति भनेर भन्नेहरू पुुरानो सामन्ती राजतन्त्र भन्दा के भिन्न भए, नेपाली जनताले फरक महशुस समेत गर्न पाएका छैनन् । अहिले ल्याएको संघियता, धर्मनिरपेक्ष सबै आयातित प्रायोजित मुद्दा हो भन्ने कुरा पनि बिस्तारै खुल्दै जान थालेको छ । हाम्रो जस्तो सानो देशमा ७ वटा प्रदेश बनाउने काम भएको छ ।
मुलुकमा संघियता बनाउने नाममा हिमाल, पहाड र तराईबीच भएको सम्बन्ध सद्भाव समेत तोड्न खोजेको जुन आरोप पुर्बराजा ज्ञानेन्द्रले लगाएका छन्, त्यो कुरा होइन भनेर भन्न सक्ने हिम्मत कुनैपनि नेतासँग छैन । राजा महेन्द्रले आजभन्दा ५६ बर्षअघि बनाएको ५ विकास क्षेत्र जत्तिको बैज्ञानिक र ब्यबहारिक समेत बनाउन सकेको देखिदैन । अहिले बनाएको प्रदेशमै कुरा नमिल्दा मधेसी दलहरू संविधानसभाबाट संविधान घोषणा हँुदादेखि नै आन्दोलनमा छन् । अहिलेसम्म उनीहरू सहमतिमा आएका छैनन् । सरकारले ल्याएको संविधान संशोधनमा समेत उनीहरू सहमत देखिदैनन्, देश नराम्ररी दल–दलमा फस्दै गएको छ । पुर्बराजा ज्ञानेन्द्रले माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लक्षित गरि एकपटक फेरि नेपाली जनताको ध्यानाकर्षण गर्न खाजेका छन् ।
नेपालमा दुई–दुई पटक भएको संविधानसभाको निर्वाचन पछि बनेको संविधान समेत अलपत्र पर्दै जान थालेको छ । २०७४ माघ ७ गतेभित्र ३ वटा निकायको निर्वाचन गराउनु पर्ने भएपनि अहिलेसम्मको अबस्थामा देशमा निर्वाचन हुने कुनै लक्षण देखिदैन । सबैको आ–आफ्नो स्वार्थ छ, छिमेकी मुलुक भारतको आफ्नै रणनीति र कुटनीति छ, मुलुकले कहिले निकास पाउने भन्ने कुराको कुनै ठेगान छैन । पुर्बराजा आफ्नै गतिमा हिडिरहेका छन् । जिल्ला भ्रमण गरेर नेपाली जनताको मन भावना बुझ्ने प्रयासमा लागि रहेको देखिन्छ । यस्तै मौका छोपेर पुर्बराजाले अभिब्यक्ति दिने समय–समयमा विज्ञप्ती निकाल्ने कामलाई पनि निरन्तरता दिन भने छोडेका छैनन् । जति सहज रूपमा पुर्बराजाले आफ्नो अधिकार सबै हस्तान्तरण गरेर राजगद्दी त्यागी हिँडे अहिले फेरि उनलाई आफ्नो गुमेको अधिकार फिर्ता गराउन सकिन्छ की भन्ने लागेको देखिन्छ । नेपाली जनता पनि अहिले भैरहेको राजनीति देखेर वाक्य दिक्क भैसकेका छन् । जहिले पनि लफडा, दिनहुँ सहमति भन्दै बैठक बस्यो तर निकास छैन । अहिले पनि भारतीय राजदूत रन्जित रेको चलखेल नेताहरूको कोठा–कोठा रढोका–ढोकामा पसेर अर्ती उपदेश हैन सिधै निर्देशन गरिरहेका छन् । हाम्रो नेताहरू चुपचाप त्यसको पालना गरिरहेका छन् । हामी नेपाली हौ कि प्रभुका दास हौ भन्ने कुरा समेत छुट्टाउन सकिरहेका छैनन् । बिदेशी हस्तक्षेप ‘दिन दुई गुणा रात चौगुणा’ बढेर गैरहेको छ । हाम्रो नेताहरू आआफ्नो डम्फू बजाउन ब्यस्त देखिन्छ । साँच्चै भन्नू पर्दा एक जना नेतालाई पनि आफ्नो देशको माया छैन, सबैलाई गुट र कुर्सीकै चिन्ता छ । अहिलेसम्म संविधानले पुर्णता पाउन सकेको छैन । संविधान अहिले संसदमा अल्झिएको छ, निकास कहिले पाउँछ थाहा छैन । अनि पुर्बराजा ज्ञानेन्द्रले यही मौकामा चौका हान्न यो चिसो मौसममा तरङ्ग ल्याउने काम गरेपछि सबै राजनीतिक दलका नेतादेखि नेपाली जनता अचिम्मत भएका छन् ।
राजा पुनः सक्रिय हुन खोजेको राजतन्त्र फर्काउन खोजेको हल्का कुरा गरेर हाम्रो नेताले हल्का उत्तर दिने गरेका छन् । जब–जब पुर्बराजा ज्ञानेन्द्रको सक्रियता बढ्छ तब–तब दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कुरा आउँछ यो पनि सबै नाटकभन्दा अरू केही हुन सकेको छैन । अहिलेसम्म संघियताको कुरा मिल्न सकेको छैन । अहिले फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पुरानो ५ विकास क्षेत्रलाई आधार मानेर जान सक्ने कुरा गरि नयाँ बहस सिजना गरि दिएका छन् । राजमोका अध्यक्ष चित्रबहादुर केसीले देशमा संघियता आबश्यक नभएको बहस गर्न लागेको पनि धेरै समय भैसक्यो, उनी भने आफ्नो अडानमा कायमै छन् ।
अहिले फेरि सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा समेत मधेसी मोर्चाको एमालेले लगायतका दलको समर्थन देखिदैन । प्रदेश नम्बर ५ टुक्रिएको समेत कसैलाई मन परेको छैन । अहिले सरकारले जनताको लागि राहत दिने काम केही गर्न सकेको देखिदैन । नेपाली जनताले अहिलेसम्म पनि गणतन्त्रको अनुभुती समेत गर्न नपाएको समयमा पुर्बराजाको सक्रियता बढ्नुलाई अस्वभाविक मान्न सकिदैन । भूकम्प पीडितको कथा–ब्यथा सबै थाहा भएपनि अहिलेसम्म सरकारले प्रभाबकारी काम गर्न सकेको छैन । अहिले पुर्बराजाको सक्रियतालाई समय छदै बिचार गर्न जरुरी छ ।
बेला छदै होस पु¥याउन सकिएन भने मुलुकमा राजनीतिक दुर्घटना नघट्ला भन्न सकिदैन । चितबनमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बेला–बेलामा राजनीतिक सहमति नभए मुलुकमा दुर्घटना हुन सक्ने अभिब्यक्ति दिनु अनि अहिले पुर्बराजाको सक्रियता बढ्नुलाई चानचुने कुरा मान्न सकिदैन । देश र जनताको लागि काम गर्ने कसम खाएका राजनीति दल कमिसन, भ्रष्टाचार, नातावादमा तल्लीन हुन छोडेर सरासर देश र जनताको पक्षमा काम गरेर देखाउन जरुरी छ । हैन भने भोली रातारात राजतन्त्र फर्काउने बाताबरण बन्दै गयो भने नेपाली जनतालाई त केही फरक नपर्ला तर अहिले भएका नेतालाई भने अबश्य पनि असर पर्न सक्छ । बेला छदै सचेत बन्नु सबैभन्दा बढी बुद्धिमानी हुनसक्छ ।