बागलुङ, ९ पौष – सातौं राष्ट्यि खेलकुद प्रतियोगितामा सहभागी हुन जान लागेका बागलुङका आइटिएफ तेक्वान्दो खेलाडीहरुलाई बिदाई गरिएको छ । झापाको दमकमा हुने प्रतियोगिताका लागि बिदाइ लगत्तै खेलाडीहरुलाई उक्त स्थान तर्फ प्रस्थान गरेको आइटिएफ तेक्वान्दो सघं बागलुङले जनाएको छ । सघंले राष्ट्रिय प्रतियोगितामा स्वर्ण बिजेता खेलाडीलाई नगद १०÷१० हजार दिने घोषणा समेत गरेको छ । आइटिएफ खेलाडीहरुलाई बागलुङका स्थानिय बिकास अधिकारी रामप्रसाद आचार्य र जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियारले विदाई गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै जिल्ला विकास समिति बागलुङका स्थानीय विकास अधिकारी आचार्यले खेलाडीहरुलाई कुशलतापूर्वक खेल कौशल प्रर्दशन गरी जिल्लाको नाम राख्न सफलताको शुभकामना दिएका थिए ।