बागलुङ, ७ पुस/मल्म गाविसले वडा भेला, एकीकृत योजना तर्जुमा बैठक सहित २५ औं गाउँ परिषद बुधवार सम्पन्न गरेको छ । परिषदले कुल ४८ लाख ८१ हजार रुपैयाँको बजेट पास गरेको छ । उक्त बजेटमध्ये पूजिगततर्फ ४३ लाख ३६ हजार, चालुतर्फ ५ लाख ४५ हजार बजेट विनियोजन गरिएको गाविस अध्यक्ष तथा सचिव महेन्द्र पौडेलले बताए । त्यस्तै लक्षित समूहका लागि १४ लाख ६६ हजार रुपैयाँ विनियोजन भएकोमा ४ लाख १९ हजार १ सय २२, बालबालिकाको लागि पनि ४ लाख १९ हजार १ सय २२ रुपैयाँ विनियोजन गरिएको उनले बताए । त्यस्तै दलित, अपांग, जेष्ठ नागरिक र जनजाती तर्फ ६ लाख २८ हजार ६ सय ८३ रुपैयाँ विनियोजन भएको छ । पूर्वाधार विकास र प्रवद्र्धनात्मक कार्यक्रमतर्फ भने २७ लाख ५४ हजार ३ सय १० रुपैयाँ विनियोजन गरिएको छ । उक्त रकमबाट गाविसभर रहेका सडक संजालको स्तरउन्नती, नयाँ सडक निर्माण, सामुदायिक भवन, खानेपानी, सिंचाइ लगायतका पूर्वाधार विकासमा खर्च गरिने पौडेलले जानकारी दिए । उक्त अवसरमा बोल्ने वक्ताले गाउँको विकास स्थानीयको प्राथमिकीकरण अनुसार गरिने बताए । साथै उनीहरुले उचित मागलाइ गाविसले मात्र नभइ जिल्ला तहबाट पनि सम्बोधन गरिनुपर्नेमा जोड दिएका थिए । गाविस अध्यक्ष महेन्द्र पौडेलको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी मल्मका सभापति डोलबहादुर केसीको संचालन र स्वास्थ्य चौकी इन्चार्ज अभिनेत्रप्रसाद शाहको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति घनश्याम गौतम, गाउँ सभापति यज्ञप्रसाद सापकोटा, एमालेका गाउँ अध्यक्ष होमबहादुर बस्नेत, माओवादी केन्द्रका गाउँ अध्यक्ष छुमबहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटा, भैरव माविका प्रअ बिष्णुप्रसाद गौतम, जनहित माविका प्रअ चक्रवर्ती शर्मा, शिक्षक बीरबहादुर चोखाल, महिला प्रतिनिधि कमला केसी, दलित प्रतिनिधिद्द ललित मरासिनी, अपांग प्रतिनिधि टोपबहादुर थापा, जनजाती प्रतिनिधि तेजबहादुृर थापा लगायतले बोलेका थिए ।
Previous Articleएमाले बागलुङको अधिवेशन, आकांक्षी बढ्दै
Next Article गाउँ खाद्य सुरक्षा समितिको बैठक