बागलुङ, ७ पुस/नेकपा एमाले जिल्ला कमिटी बागलुङको आठौँ जिल्ला अधिवेशनको मिति नजिकिदै जाँदा नेतृत्वका आंकाक्षीहरुले प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न तिव्र कसरत थालेका छन् । अधिवेशनका लागि गत आइतवार जिल्लाभर एकैसाथ प्रतिनिधि छनोट गरिए पछि प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न नेताहरुले शहरी क्षेत्रमा भएकालाई प्रत्यक्ष भेटघाट र ग्रामिण क्षेत्रमा भएकाहरुलाई मोवाइल सम्पर्क मार्फत भोट माग्न थालेका छन् । उनीहरुले आँफुसँगै आफ्ना निकटस्थ जिल्लास्तरका नेता, कार्यकता र शुभेच्छुकहरुलाई पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने गरी नेताहरु लागिरहेको एमाले स्रोतले जनाएको छ । एमाले जिल्ला नेतृत्वका लागि इन्द्रलाल सापकोटा, हिराबहादुर केसीको तुलनात्मक रुपमा बढी चर्चा छ । यसका साथै बर्तमान अध्यक्ष श्रीप्रसाद शर्मा र उपाध्यक्ष नरबहादुर थापाको पनि चर्चा छ । सापकोटा र केसी बीच सहमतिको सम्भावना सकिएपछि सर्वसम्मत नेतृत्व चयनका लागि शर्मा र थापाले आँफुहरु सहमतिमा उपर्युक्त पात्र हुन सक्ने दावी गरेका छन् । तर, सापकोटा र केसी चुनावी मैदानमा उत्रिसकेकाले यस्तो सम्भावना करिब नरहेको बताइएको छ । एमालेको उपाध्यक्षका लागि कृष्ण पाठक, बिष्णु भुषाल, टंक पौडेलको चर्चा छभने सचिवमा लालबहादुर थापा, डा.सुर्य पाठक र रामबहादुर जिसीको चर्चा छ । उपसचिव पदमा धनबहादुर परियार, सावित्रा राना, कुलबहादुर बिक, सञ्जय श्रेष्ठ, भूपाल चालिसे, नेत्रबहादुर बिष्ट लगायत दर्जन नेता आंकाक्षी छन् । पुस ९ देखि ११ गतेसम्म हुने अधिवेशनका लागि ५९ गाउँ विकास समिति, नगरपालिकाका ११ वार्ड र ५ शाखा स्तरबाट गरि ५ सय ९२ जना प्रतिनिधि चयन भइसकेका छन् । यसैबीच, एमाले जिल्ला सचिवालय सदस्य नेत्र बहादुर विष्टले प्रेस बिज्ञप्ती मार्फत जिल्ला कमिटीको उप–सचिव पदमा उमेद्वारी घोषणा गरेका छन् । सबैलाई मिलाएर लान सक्ने, कुनै पनि गुट उपगुटमा नलागि सर्व सहमतिबाट आठौँ जिल्ला कमिटि निर्वाचित गर्न समेत प्रतिनिधिलाई आग्रह गरेका छन् । विष्ट बिद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा सक्रिय छन् ।
Previous Articleशेरचनको स्मृतिमा पुरस्कार कोष स्थापना
Next Article मल्म गाविसको २५ औं गाउँ परिषद