बागलुङ, ७ पुस/धौलागिरि साहित्य प्रतिष्ठानले धौलागिरिका कवि भुपी शेरचनको स्मृतिमा पुरस्कार कोष स्थापना गरेको छ । मुस्ताङ जिल्लाको टुकुचे निवासी शेरचनको स्मृतिमा साहित्य कला र संगितका क्षत्रमा महत्वपुर्ण योगदान पु¥याउनेलाई पुरस्कृत गर्नका लागि भुमि पुरस्कारको स्थापना गरेको हो । प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षतामा बसेको बैठकले शेरचनले नेपाली भाषा साहित्यमा पु¥याउनु भएको योगदानको कदर गर्दै भुपि पुरस्कार स्थापना गरेको हो । प्रतिष्ठानले कोषका लागि सवैलाई अनुरोध गर्दै व्यक्तिगत संस्थापकका लागि १ हजार र संस्थागत संस्थापकका लागि ३ हजार राख्न सक्ने निर्णय गरेको छ । कोषका लागि शेरचनकी श्रीमती कान्ति शेरचनले २५ हजार, म्याग्दीको राखु निवासी भरत रखालले ८ हजार, प्रतिष्ठानका अध्यक्ष काजी रोशनले ५ हजार, व्यक्तिगत संस्थापकका लागि प्रतिष्ठानका सदस्य सचिव राम थापा अविरल, सदस्य पद्यमनाथ शर्मा, गुणराज पौडेल र ताराप्रसाद शर्माले १÷१ हजार प्रदान गरेका छन् । कोषको लागि व्यावस्थापन गर्न पर्वतवाट ओमप्रसाद घायल, म्याग्दीवाट लोकनाथ भुषाल घायल श्रीलाई सदस्यमा चयन गरिएको र मुस्ताङमा पछि छनोट गरिने सदस्य सचिव अविरलले बताए । बैठकले प्रतिष्ठानका अध्यक्ष काजी रोशन पाल्पाका कवि कुलमणी देवकोटा जयन्तीको अवसरमा भागीरथ साहित्याकारको पदवीद्धारा सम्मान भएकोमा बधाई ज्ञापन गरेको छ ।
Previous Articleतिवारीलाई सहिद घोषणा गर्न प्रस्तावपछि शवको अन्तेष्टि
Next Article एमाले बागलुङको अधिवेशन, आकांक्षी बढ्दै