बागलुङ, ६ पौष – पालाकोट गाबिसको २६ औं गाउँ परिषद शनिवार सम्पन्न भएको छ । परिषदले आर्थिक बर्ष २०७३/७४ का लागि ४२ लाख १४ हजार पाँच सय ३५ रुपैयाँ बिनियोजन गरेको छभने आर्थिक बर्ष २०७४/७५ का लगि प्रस्तावित योजनाहरुको छनोट गरेको छ । पुंजिगत तर्फ ३६ लाख ३४ हजार ५ सय ३५ र चालूतर्फ ५ लाख ८० हजार रुपैयाँ बिनियोजन गरिएको गाविस सचिव रिता राना पुनले जानकारी दिइन् । परिषदले पुंजिगततर्फ खहरे संसारकोट मोटरबाटोको लागि ७ लाख ५० हजार रुपैयाँ, कैंडाले गाबिस भवनहुँदै चिसापानी जोड्ने मोटरबाटोका लागि २ लाख ७५ हजार, गजमठाना गाविस मोटरबाटोका लागि २ लाख ५० हजार, धिमी–पालाहुँदै भीमापोखरा मोटरबाटोका लागि १ लाख ७५ हजार अछेते करिना मोटरबाटो मर्मतका लागि १ लाख ७५ हजार, तितौरे बिनिपोखरी मोटरबाटोका लागि ५० हजार, कृषिका लागि १ लाख ५ हजार र साना योजनाका लागि ३ लाखको बजेट बिनियोजन गरिएको छ । यस्तै परिषदले लक्षित वर्गतर्फ महिलाका लागि ३ लाख ६३ हजार ४ सय ५४ रुपैयाँ, अपांगका लागि ८० हजार, दलितका लागि १ लाख ९० हजार, आदिवासी जनजातिका लागि २ लाख, द्वन्द्व पीडितका लागि ६५ हजार १ सय ८० रुपैयाँ, भूकम्प पीडितका लागि १० हजार र बालबालिका तर्फको बिद्यालयका लागि ३ लाख ६३ हजार ४ सय ५४ रुपैयाँ बिनियोजन गरिएको छ । गाविस सचिब रिता राना पुनको अध्यक्षतामा सम्पन्न भएको गाउँ परिषदको स्वागत महिला संजाल पालाकी अध्यक्ष चन्द्रकला थापा र सामाजिक परिचालक शोभा शर्माले गरेकी थिइन् ।