बागलुङ, ६ पौष – युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै मंगलबार बागलुङ र म्याग्दीमा विरोध प्रर्दशन गरिएको छ । युवा संघ जिल्ला कमिटी बागलुङ र म्याग्दीले जिल्ला सदरमुकाम बागलुङ बजार र बेनीमा कालो ब्यानरसहित विरोध प्रर्दशन गरेका हुन् । तिवारीलाई सोमबार दिउँसो साढे ३ बजे रुपन्देहीको खैरेनी नजिकै मोटरसाईकलमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहार पछि घाइते भएका तिवारीको मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । बानपा–३ मा रहेको एमाले पार्टी कार्यालय परिसरबाट शुरु भएको बिरोध ¥यालीले बजार परिक्रमा पछि लोकतान्त्रिक चोकमा पुगेर बिरोध सभा गरिएको थियो । बिरोध सभामा बोल्दै युवा संघ नेपालका केन्द्रिय सदस्य अञ्जु जिसीले हत्यामा संलग्नलाई तत्काल पक्राउ गरि आवश्यक कारवाही गर्न माग गरिन् । यसैगरी, बिरोध ¥यालीपछि बेनीमा आयोजित कोणसभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख सन्तोष रावलले षड्यन्त्रपूर्वक गोली हानी तिवारीको हत्या गरिएको भन्दै हत्यामा संलग्नलाई तुरुन्त गिरफ्तार गरी कारवाही गर्न आग्रह गरेका थिए । युवा संघको केन्द्रिय सर्कुलर अनुसार दिउँसो एक घण्टा चक्काजाम कार्यक्रम गर्न निर्देशन दिइएपनि आफुहरुले सांकेतिक रुपमा विरोध ¥याली गरेको रावलको भनाई छ । कार्यक्रम युवा संघ म्याग्दीका सचिव हरि केसीको सञ्चालन र अध्यक्ष प्रवीन शाहीको मन्तव्य सहित सम्पन्न भएको थियो ।
Previous Articleपालाकोट गाविसको गाउँ परिषद सकियो
Next Article ६ पौष २०७३, ढोरपाटन दैनिक