बागलुङ, ६ पौष – सदरमुकाम बागलुङ बजारको पुरानो बसपार्क नजिकै भ्रुण हत्या गरिएको शव फेला परेको छ । ट्राफिक चोकदेखि केही तल सडकको भित्रपट्टि बारीमा अन्दाजी ६/७ महिनाको लिङ्ग पहिचान भएको शिशुको भ्रुण हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार विहान घरभित्रको फोहोर बारीमा फाल्ने क्रममा स्थानीयले भ्रुणको बेवारिसे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अवैध सम्बन्धबाट गर्भ रहन गएकाले औषधी प्रयोग गरी भ्रुण हत्या गरेको हुने सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक राजेन्द्र ढकालले जानकारी दिएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अर्जेवा गाविसका तोपबहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ । सार्कीले घटनास्थल नजिकैको एक होटेलमा कोठा बुक गरी युवतीसहित बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सार्कीले बुक गरेको कोठामा रगत र दिशा समेत भेटिएकाले अनुसन्धान जारी रहेको प्रहरी उपरिक्षक ढकालको भनाई छ । सार्की गाडीको सहचालक रहेको बताइएको छ । घटनामा संलग्न युवती पवर्तमा बस्ने र उनको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।
Previous Articleगाईभैसीको सुत्केरी भत्ता लिनेको आर्कषण
Next Article पालाकोट गाविसको गाउँ परिषद सकियो