बागलुङ, ३ पौष – नयाँ शक्ति पार्टि नेपाल निकट राष्ट्रिय युवा अभियान बागलङुको प्रथम भेला शनिबार बागलुङमा सम्पन्न भएको छ । भेलाले सन्तोष खड्काको संयोजकत्वमा ७५ सदस्यीय राष्ट्रिय युवा अभियान बागलङुको समिति गठन गरेको नयाँ शक्ति विद्यार्थी युनियनका केन्दीय सचिवालय सदस्य प्रकाश केसीले बताए । भेलामा बोल्दै नयाँ शत्ति पार्टी प्रदेश नं. ४ की संयोजक बलावती शर्माले नयाँ शक्ति पार्टिले नेपालको आर्थिक विकासका लागि उत्पादनमुलक कार्यमा युवा शक्तिलाई प्रयोग गरि विदेशी भुमीमा जान नपर्ने बातावरण निर्माणका लागि युवा लक्षित अभियान चलाएको बताइन् । कार्यक्रममा नयाँ शक्ति पार्टिका जिल्ला संयोजक चित्र सापकोटा, राष्ट्रिय युवा अभियान प्रशिक्षण विभाग प्रमुख सौगात पोखरेल, केन्दीय परिषद सदस्य कृष्ण सापकोटा, महिला शक्ति नोपकी केन्द्रीय सदस्य देवी सुबेदी, केन्दीय परिषद सदस्य कमला ढकाल, शिक्षक प्रतिनिधि पशुपति शर्मा, विद्यार्थी युनियनका केन्द्रिय सचिवालय सदस्य प्रकाश केसी, दलित शक्ति नेपालका मनोज बिक, प्रकाश बगाले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम युवा अभियानका जिल्ला सदस्य विकास थापाको अध्यक्षता, जिल्ला परिषद सदस्य खिम खत्रीको स्वागत राष्ट्रिय युवा अभियान केन्दीय सचिवालय सदस्य भरत गुरुङको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleनेकपा माओवादी केन्द्र निकट शिक्षकको भेला
Next Article महायज्ञमा १ करोड ३८ लाख संकलन