बागलुङ, ३ पौष – जिल्लाको नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयद्धारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत धनधान्याचल विराट ज्ञान महायज्ञकोे पाँचौ दिन शनिबार सम्म १ करोड ३८ लाख २० हजार ६ सय १० रुपैयाँ संकलन भएको छ । गत मंगलबारदेखि शुरु भएको महायज्ञमा पाँचौ दिन मात्र ४६ लाख ६१ हजार ३ सय ६ रुपैयाँ संकलन भएको छ । बिद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र दिगो आर्थिक स्रोत स्थापना गर्ने उद्धेश्यले आयोजित महायज्ञको पाँचौ दिन नारायणस्थान–५ का खगेन्द्र श्रेष्ठले ५ लाख २० हजार ५ सय ५५, नारायणस्थान–६ का लालबहादुर श्रेष्ठले ४ लाख ५ सय ४० र सोही स्थानका देवबहादुर कुमालले २ लाख ५ सय ५ रुपैयाँ प्रदान गर्नुभएको भूपु बिद्यार्थी समाज नारायणस्थानका संयोजक धुव्र श्रेष्ठले जानकारी दिए । आगामी पौष ५ गतेसम्म सञ्चालन हुने महायज्ञमा करीव ४ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ । महायज्ञमा दाताहरुको आगमन र सहयोग उत्साहजनक रहेको गणेश माबिका प्रअ चुडामणी सुवेदीले जानकारी दिए ।