बागलुङ, १ पौष – आगामी पौषमा बुर्तिबाङमा गर्न लागिएको तिन दिने निशुल्क आँखा शिविर तयारी तथा व्यवस्थापनको विषयमा बुर्तिबाङमा आयोजक र सरोकारवाला बीच छलफल सम्पन्न भएको छ । हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्र ज्योती संघ बागलुङ र बुर्तिबाङ प्राथकिम स्वास्थ्य केन्द्रको संयुक्त आयोजना तथा बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईको स्थानिय व्यवस्थानमा शिविर गर्न लागिएको हो । शिविर पुस २२, २३ र २४ गते प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा हुनेछ । बिहिबार भएको छलफलले शिविर सम्पन्न गर्नका लागि आर्थिक उपसमिति र स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको छ । उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईका कोषाध्यक्ष फारमबहादुर कुँवरको संयोजकत्वमा आर्थिक र नेपाल रेडक्रस सोसाइटी बुर्तिबाङ उपसाखाका सभापति मेषलाल शर्माको संयोजकत्वमा स्वयंसेवक व्यवस्थान उपसमिति गठन गरिएको छ । बैठकले स्थानिय संघ संस्थासँग समन्वय गरेर आँखा शिविरको व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईले गर्ने निर्णय गरेको छ । शिविरको मुख्य उदेश्य ज्येष्ठ नागरिकको मोतियाविन्दुको परिक्षण र अप्रेशन गरि आँखा देख्ने बनाउने भएपनि आँखा समन्धि सबै खालका समस्याको निशुल्क चेकजाँच र उपचार तथा औषधि वितरण गरिने हिमालय आँखा अस्पताल पोखाराका कार्यक्रम संयोजक भोजराज गौतमले जानकारी दिए । अप्रेशन गर्नुपर्ने बिरामीलाई खाना र बस्नको व्यवस्था आयोजकले नै गर्ने उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईका उपाध्यक्ष निमलाल पाण्डेले बताए । बैठकमा नेपाल नेत्र ज्योती संघ बागलुङका अध्यक्ष धु्रबबहादुर केसीले स्थानियको मागअनुसार हरेक महिनाको दुई दिन बुर्तिबाङमा निशुल्क आँखा शिविर सञ्चालनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । हिमालय आँखा अस्पताल पोखराका व्यवस्थापक प्रफुल्ल शर्माले दुर्गम ठाउँमा रहेका नागरिकमा पनि आँखा उपचार सुलभ सेवा पु¥याउने उदेश्यले शिविर आयोजना गरिएको बताए । शिविरका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्री तथा अपे्रशन गर्नुपर्ने विरामीको लागि औषधि लगायत सम्पुर्ण सामग्रीको जिम्मेवारी हिमालय आँखा अस्पताल पोखराले गर्नेछ । स्थानिय अगुवा तथा सरोकारवालाको उपस्थिती रहको बैठक बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईका उपाध्यक्ष निमलाल पाण्डेको अध्यक्षता र महासचिव रामनारायण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैगरी, निशुल्क आँखा शिविरबाट प्रवाह हुने सेवा सुविधाको बारेमा स्थानिय नागरिकलाई सहजिकरण गर्न सहयोग पु¥याउने उदेश्यले महिला स्वास्थ्यस्वयं सेविकालाई आधारभुत आँखा उपचार तालिम प्रदान गरिएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापनमा हिमालय आँखा अस्पताल पोखरा तथा नेपाल नेत्र ज्योती संघ बागलुङको सहजिकरणमा तालिम दिईएको हो । तालिममा हिमालय आँखा अस्पतालका व्यवस्थापक प्रफुल्ल शर्मा, कार्यक्रम संयोजक भोजराज गौतम, नेत्रज्योती संघ बागलुङका अध्यक्ष धुव्रबहादुर केसी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब रितुवर्ण पौडेलले सहजिकरण गरे । तालिममा बुर्तिबाङ, बोबाङ, अधिकारीचौर, तमान, खुङ्गा, खुङ्खानी, राजकुत र देविस्थानका महिला स्वास्थ्यस्वयंसेविकाको सहभागीता रहको थियो । आँखा उपचार सम्बन्धि आधारभुत ज्ञान पाएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका थिए ।
Previous Articleमानवअधिकार बर्ष पुस्तकबारे समिक्षा
Next Article संघीयता नेपालका लागि क्यान्सर–केसी