बागलुङ, १ पौष – अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानवअधिकार बर्ष पुस्तक २०१७ का लागि अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
बागलुङमा आयोजित समिक्षामा पछिल्लो समयमा जिल्लामा भएका ९ वटा मानवअधिकार हनन्का घटनालाइ विशेष रुपमा छलफल चलाइएको थियो । इन्सेक प्रतिनिधि सिर्जना पन्तले ती घटनालाइ बुँधागत रुपमा प्रस्तुत गरेपछि सरोकारवालाले छलफलमा लगेर जिल्लामा भएका अन्य केही घटनालाइ पनि प्रकृयागत रुपमा लैजान सुझाव दिएका थिए ।
मानवअधिकार हनन्का घटना बढीरहेपनि प्रहरी र अदालतमा आइसकेपछि पिडकले सफाइ पाउने गरेको धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले सार्वजनिक अपराधका घटनामा पनि मानवअधिकार उलंघन भएर आएकाहरु पर्ने गरेको भन्दै ती बिषयपनि प्रशासनको सहकार्यमा समावेश गर्न आग्रह गरे ।
हरेक बर्ष इन्सेकले मानवअधिकार बर्ष पुस्तक प्रकाशित गर्दा देशभर भएका हनन्का घटनाको बुँधागत टिपोट राख्ने गरेको छ । पाण्डेले सामाजिक अगुवाहरुले पनि अपराध नियन्त्रणका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए । अनौपचारिक रुपमा गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, राजनीतिक दल, गैरसरकारी संस्था र संचारकर्मीहरुको सहभागिता थियो ।
Previous Article१ पौष २०७३, ढोरपाटन दैनिक
Next Article बुर्तिवाङमा निशुल्क आँखा शिविर हुने