बागलुङ, ३० मंसिर/संविधान संशोधन विधेयकमा प्रदेश नम्बर–५ लाई टुक्राईएको विरोधमा भईरहेको आन्दोलनका कारण राष्ट्रिय गौरबको आयोजना सालझण्डी–ढोरपाटन सडक निर्माको काम ठप्प भएको छ । गत बर्ष भुकम्प तथा नाकाबन्दीकाले प्रभावित भएको काम बर्षा र चाडपर्व सकिएपछि भर्खर सुरु भएको थियो । ‘हिउँदको समय विकास आयोजनाको काम गर्ने उपयुक्त सिजन हो, अधिकांश काम यहि अबधिमा हुने गर्छ’ सालझण्डी–अर्घाखाँची–ढोरपाटन सडक आयोजनाका प्रमुख सुरेश पौडेलले भने, ‘निर्माण व्यवसायी साईटमा आएर सडकको काम नियमित गरिहेको बेला भएको बन्दले तोकिएको लक्ष्य पुरा गर्न बाधा पर्ने भयो ।’ आन्दोलनका कारण रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा पर्ने सडक खण्डको काम रोकिएको पौडेलले बताए । रुपन्देहीको सालझण्डीदेखि बागलुङ दर्लिङ गंगरेसम्मको १ सय ५ किलोमिटर सडक खण्ड डबल लेनमा चौडा गरि ग्राबेल गर्ने, टेवा पर्खाल लगाउने, नाली तथा पुल निर्माण गर्ने काम तिब्र रुपमा भईरहेको थियो । यो खण्डलाई ४ भागमा बाँडेर स्तरबृद्धि भईरहेकोमा चालु आर्थिक बर्षभित्र १० मिटर चौडासहित ग्राबेल गरि कच्चि नाली बनाउने लक्ष्य छ । गंगरेदेखि राजकुतहुुँदै देविस्थान सम्मको सडक स्तर बृद्धिका लागि टेण्डर आह्वान भएको छभने बुर्तिबाङ ढोरपाटन खण्डको १० किलोमिटर सडक चालु आब भित्रै स्तरिकरण गर्न ठेक्का सम्झौता भईसकेको छ । अहिले भईरहेको काम गत बर्षनै ठेक्का सम्झौता भई नसकिएको काम हो । यो सडकमा चालु बर्षका लागि २२ करोड बजेट रहेको र यो बजेटको काममा अपेक्षा अनुसार प्रगती भए पाँच करोड बजेट थप्न सकिने आयोजनाले जनाएको छ । आर्थिक बर्ष २०६६÷६७ देखि सुरु भएको १ सय ९० मिटर सडकको ६९÷७० मा ट्रयाक खोल्ने कार्य पुरा भएको थियो । गत आर्थिक बर्षमा तयार गरिएको सरकारको ५ बर्षे सडक गुरुयोजनामा यो सडकलाई पनि ५ बर्षभित्र कालोपत्रेका लागि पुर्वाधार तयारीको काम पुरा गर्ने लक्ष्य छ । नेपालको दक्षिणदेखि उत्तरसम्म फैलिने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकले पर्यटकिय क्षेत्र लुम्बिनी र ढोरपाटनलाई जोड्ने उदेश्य राखिएको छ ।
Previous Articleविदेशीलाई अपार्टमेन्ट खरीद गर्न दिने तयारी
Next Article ‘निर्वाचन नभए संविधान खतरामा’ – डा. शेखर कोइराला