बागलुङ, ३० मंसिर/नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले अर्को बर्षको माघसम्म तीनवटा निर्वाचन सम्पन्न नभए संविधान खतरामा पर्ने बताएका छन् । काँग्रेसको बागलुङ क्षेत्र नं. १ ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै नेता कोईरालाले अहिले देश जटिल परिस्थितिमा गैरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘अन्तराष्ट्रिय शक्तिको चलखेत बाट जोगाउन पनि निर्वाचनमा जानै पर्छ’ उनले भने, ‘संीवधानको कार्यान्वयनका लागि निर्वाचन जरुरी छ ।’ संघियताको खाकामा गएर निर्वाचन गर्नुपर्ने भएपनि बिबादले अल्झिनु भन्दा पुरानै संरचनामा गएर भएपनि राजनीतिलाइ गतिशिल बनाउनुपर्ने समेत उनले बताए । नेता कोइरालाले देशका प्रमुख निकाय देखी मिडिया समेत किनेर आफ्नो प्रचार गर्न एमाले र माओवादी लागेको आरोप पनि लगाए । काँग्रेस धेरै सोच र विचारले अगाडि बढेको भन्दै स्थानिय तह पुर्नसंरचनाको विषयमा मधेसी मोर्चा बाहिर रहेको हुनाले संविधान कार्यान्वयमा समस्या हुने बताए । देशमा लोकतन्त्र स्थापना भएको र जनमतलाई आधार मानेर अगाडि बढनु पर्ने उनको जोड थियो । नेता कोइराललाले दलहरुले मधेशीको राष्ट्रियता प्रति शंका गर्न आवस्यक नभएको पनि बताए । उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयमा गलत नजिर बस्न लागेको भन्दै संसदमा निलम्बन गर्ने अधिकार नरहेको बताए । राज्यका कार्यपालिका, न्यापालिका, र व्यवस्थापिका ३ ओटै निकाय अराजक छन, लोकमान गएनी अख्तियार कमजोर नहोस भन्ने मेरो धारणा छ कोईरालाले भने । अर्को प्रसंगमा काँग्रेसमा धेरै गुट उपगुटको खेती भएको कारण व्यक्तिबादी चरित्र, अराजकता बढेको उनले स्विकारे । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय गोविन्द भट्टराई, गुरु घिमिरे, रत्ना शेरचन, सांसद प्रकाश शर्मा पौडेल, सांसद चम्पादेवी खड्का, सांसद ज्ञान कुमारी छन्त्याल, काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापा, पुर्व सांसदहरु नर बहादुर पुन निरज, गोविन्द प्रसाद शर्मा कंडेल, टंक कंडेल, पुर्व सभापतिहरु हरि प्रसाद श्रेष्ठ, मणिभद्र शर्मा कंडेल, नेपाल महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा लगायतले बोलेका थिए । प्रशिक्षण बिहिवार पनि चल्नेछ । काँग्रेस क्षेत्र नं. १ का सभापति चिरञ्जीवी गौतमको अध्यक्षता, सदस्य राजु के.सी.को स्वागत र सचिव केशव थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleसालझण्डी–ढोरपाटन सडकको काम ठप्प
Next Article ३० मंसिर २०७३, ढोरपाटन दैनिक