बागलुङ, २८ मंसिर – क्षेत्रिय आइटिएफको स्पायरिङमा बागलुङको उत्कृष्ठ प्रदर्शन सातोै राष्टिय खेलकुद प्रतियोगितामा सहभागिताका लागी बागलुङमा भएको पश्चिमाञ्चल क्षेत्रिय आइटिएफ तेक्वान्दोको छनौट प्रतियोगितमा स्थानिय खेलाडीहरुले उत्कृष्ठ खेल प्रदर्शन गरेका छन । पश्चिमाञ्चल बिकास क्षेत्रका ९ जिल्लाका २ सय खेलाडीहरु उक्त प्रतियोगितामा सहभागी थिए । प्रतियोगिताको स्पायरिङ तर्फ बागलुङले ८ स्वर्ण पदक जितेको छ । पाल्पाले ३ स्वर्ण जितेको छ । पुरुष स्पायरिङको ४५–५० केजी तौल समूहमा बागलुङका दिपक गौतम प्रथम,स्याङ्जाका भूपाल थापा दोस्रो तथा कास्कीका आविस्कार सुनार र तनहुंका धन बहादुर तामाङले तेस्रो स्थान प्राप्त गरेका छन । ५०–५५ के.जीमा बिकल पौडेल गुल्मी प्रथम, टेकध्वज सिल्पाली स्याङ्जा दोस्रो तथा उत्तम थापा तनहुं र तेज बहादुर नेपाली नवलपराशी तेस्रो भएका छ । ५५–६० तौल समूहमा बागलुङका दिनेश बुढा प्रथम, राजु चौधरी नवलपराशी दोस्रो तथा बिकास थापा स्याङ्जा र रविन्द्र बुढा तेस्रो भए । ६०–५६ केजी तौलमा राजन रसायली स्याङ्जा प्रथम, एन्जिल कुवर पाल्पा दोस्रो तथा फम बहादुर खाम्छा र शम्भु थापा नवलपराशीले तेस्रो स्थान प्राप्त गरे । ६५–७० केजी तर्फ दान बहादुर सारु पाल्पा प्रथम, निम बहादुर नेपाली बागलुङ दोस्रो तथा महेश कुमार योगी नवलपराशी र खुम बहादुर घर्ति स्याङ्जा तेस्रो भए । ७०–७५ तौल समूहमा बागलुङका शिव जिशी प्रथम, पदम बहादुर राना गुल्मी दोस्रो तथा महेश घर्ति पाल्पा र सुमन बारघरे स्याङ्जा तेस्रो भएका छन । ७५–८० केजी तर्फ कमल बहादुर थापा बागलुङ प्रथम गंगा बहादुर हिमाली लमजुङले दोस्रो स्थान प्राप्त गरेका छन । ८०–८५ तौल समूहमा साजन पचभैया पाल्पा प्रथम तथा बिक्रम सुनार कास्कीले दोस्रो स्थान प्राप्त गरे । यसै गरी ८५ केजी तौल माथि सुदिप आचार्य तनहुं प्रथम तथा मितुसिङ ठकुरी पाल्पाले दोस्रो स्थान प्राप्त गरेका छन । यस्तै महिला तर्फको स्पायरिङमा रिता अधिकारी बागलुङ पहिलो पूजा रसाइली गुल्मी दोस्रो तथा सुजता श्रेष्ठ पाल्पा र दिपिका गैरे नबलपराशीले तेस्रो स्थान प्राप्त गरे । ४५–५० केजीमा सिमा सारु पाल्पा प्रथम, गिता बुढा बागलुङ दोस्रो तथा निकिता तामाङ कास्की र सम्झना सूर्यबंशी गुल्मी तेस्रो भए । ५०–५५ केजी तर्फ शर्मिला महत बागलुङ प्रथम सन्जना तामाङ कास्की दोस्रो तथा सुशिला थापा तेस्रो भए ।५५–६० तौलमा सिमा खासु गुल्मी प्रथम आयुशा कार्कि पाल्पा दोस्रो तथा कमला कुवर बागलुङ र अस्मिता रामजाली स्याङ्जाले तेस्रो स्थान प्राप्त गरे । ६०–६५ केजी तर्फ उमिशा घर्ति बागलुङ प्रथम, अस्मिता सूर्यबंशी पाल्पा दोस्रो तथा अस्मिता गुरुङ लमजुङ तेस्रो भए । ६५–७० केजी तर्फ कामना पुन बागलुङ प्रथम र प्रेमकला राना पाल्पाले दोस्रो स्थान प्राप्त गरेका छन । बिजयी खेलाडीहरुलाई स्थानिय बिकास अधिकारी तथा जिल्ला खेलकुद बिकास समितिका अध्यक्षले पदक तथा प्रमण पत्र बितरण गरे ।