एजेन्सी/आजको आधुनिक युगमा परम्परागत औषधिबारे धेरैलाई विश्वास नलाग्न सक्छ । विश्वास लागेपनि जडिबुटी र औषधिको रुपमा प्रयोग गर्न सकिने उपयोगी बोटविरुवा हिमाल तथा पहाडी भेगमा मात्र पाइन्छ भन्ने भ्रम हुन सक्छ । तर, हाम्रो घरखेतमै यस्ता औषधिजन्य बोट–विरुवा सजिलै पाइन्छन् । जसबारे थाहा पाइराखेमा समस्या परेको बेलामा राहत प्रदान गर्छ । १. बेलः बेलको पातदेखि फलसम्म उपयोगी मानिन्छ । बेलको पातले झाडापखाला, कब्जियत, पाइल्सका साथै श्वासप्रश्वास सम्बन्धी समस्यामा समेत फाइदा गर्छ । त्यस्तै, यसले क्यान्सर रोगबाट समेत जोगाउँछ । बेलको जुसको सेवनले शरीरमा भएका विषाक्ततालाई हटाउँछ । मिर्गाैला सम्बन्धी समस्या भएकाहरुले दैनिक बेलको जुस सेवन गर्न चिकित्सकहरु समेत सुझाव दिन्छन् । २. तुलसीः हिन्दू मान्यता अनुसार तुलसीको पातलाई निकै पवित्र मानिन्छ । तर, यो औषधिको रुपमा पनि निकै उपयोगी हुन्छ । रुघाखोकी लाग्दा पानीमा तुलसीको पातसँगै बेसार उमालेर खाँदा फाइदा गर्छ । खानामा अरुचि लाग्ने अवस्थामा तुलसीको पात चपाउँदा रुचि बढाउँछ । ३. पुदिनाः पुदिनाको पात विशेषगरी स्वादको लागि चिनिन्छ । यद्यपि यसले गर्मीमा शरीरलाई शीतल प्रदान गर्नुका साथै अपच हटाउन तथा शरीरका दाग मेटाउन मद्दत गर्छ । त्यस्तै, पुदिनाले छालालाई समेत स्वस्थ राख्छ । त्यति मात्र हैन, पुदिनाको प्रयोगले दाँत चम्काउनुका साथै मुुखको दुर्गन्ध समेत हटाउँछ । ४. मेहन्दीः मेहन्दीको प्रयोगले कपाललाई आर्कषक त बनाउँछ नै, हात–खुट्टामा लगाएर सुन्दर बनाउन सकिन्छ । शरीरमा जलन हुँदा मेहन्दीले औषधिको समेत काम गर्छ । त्यस्तै, ज्वरो घटाउन, र टाउको दुखेको कम गर्न पनि यसले मद्दत गर्छ । मेहन्दीको पातलाई पानीमा केही समय भिजाएर सेवन गरेमा यसले रक्तचाप नियन्त्रण गर्न सघाउ पु¥याउँछ । ५. नीमः निमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाहरू नष्ट हुनुका साथै अन्य विभिन्न रोगमा अचुक औषधिको काम गर्छ । नीमको पातको प्रयोग माइग्रेसन, मिर्गी, उच्च रक्तचाप जस्ता रोगमा समेत लाभदायक मानिन्छ । ६. दालचिनीः सामान्यतया दालचिनीलाई हामी मसलाको रुपमा प्रयोग गर्छौं । तर, दालचिनी खासगरी ज्वरो, ब्रोनकाइटिस, दम तथा मुटु सम्बन्धी रोगमा निकै लाभदायक हुन्छ । ७. सयपत्रीः सयपत्री फूल भन्ने बित्तिकै हामी पूजा, अनुष्ठानको लागि सम्झन्छौं । तर, यो फूलमा औषधिको गुण पनि भरपूर हुन्छ । घामले डढेको छालाको उपचार गर्न होस् या अनुहारको डन्डीफोर र दागधब्बा हटाउन, यसको प्रयोग प्रभावकारी मानिन्छ । सयपत्री फूलको जुसले अल्सर तथा पाचन प्रणाली सम्बन्धी समस्याबाट समेत तपार्इंलाई आराम दिन्छ ।
Previous Articleस्तन स्वस्थ्य राख्ने उपायहरु
Next Article तेक्वान्दोको क्षेत्रीय छनोटमा बागलुङलाई ८ स्वर्ण पदक