बागलुङ, २८ मंसिर – हरि खड्का स्मृति कप टि—ट्वान्टी क्रिकेट प्रतियोगिता अन्गर्तत सोमबार सम्पन्न खेलमा धौलागिरी क्रिकेट क्लबले कुश्मा युनाईटेडलाई १०४ रनले पराजित गरेको छ । टस जितेर धौलागिरीलाई ब्याटिङ निम्ताईएको खेलमा धौलागिरी क्रिकेट क्लबले निर्धारित २० ओवरमा ८ विकेट गुमाए २०७ रनको विशाल योगफल तयार पारेका थियो । धौलागिरीका लागि अभिराज यादवले ३५ बलमा ४ चौका र ८ छक्काको मद्दतले ७६ रन जोडे । भिम रोकायाको ४९ र कमल रिजालले नटआउट ३६ रनको योगदान रह्यो । वलिङ तर्फ आकाश बहादुर र प्रविण ढकालले २/२ विकेट लिन सफल भए । २०८ रनको विशाल लक्ष्य पछ्याएको कुश्माले १५.४ ओवर खेल्द १०३ रनमा समेटियो । कुस्माका लागि सुदिपले २२ र अरुण अधिकारीले १८ रन जोडे अन्यको प्रदर्शन सम्झन लायक रहेन । अभिराज यादव म्यान अफ द म्याच भए । सोमबार नै भएको पहिलो सेमिफाईनल खेलमा राईजिङ स्टार क्लब पोखरालाई पराजीत गर्दै बागलुङ क्रिकेट क्लब फाईनलमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १९.३ ओवर खेल्दै १७० रन जोड्यो । पोखराका लागि अस्विनी रानाले ३ छक्का र ८ चौकाको मद्दतमा ६० रन बनाए । अगिन्द्र छन्त्यालले ३१ रनको योगदान गरे । बलिङतर्फ बागलुङका राजकुमार केसीले ४ विकेट लिए । १७१ रनको लक्ष्य पछ्याएको बागलुङले १७.४ ओवरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । बागलुङका लागि दिलीपनाथले शतकीय पारी खेले । उनी म्यान अफ द म्याच भए । बलिङतर्फ करण केसीले २ विकेट लिए । मंगलबार धौलगिरी क्रिकेट क्लब र बागलुङ च्यालेन्जीङ टिमबीच दोस्रो सेमिफाईनल खेल हुनेछ । यसको विजेताले बागलुङ क्रिकेट क्लबसंग फाईनल भिड्नेछ ।