सुनदेवी रसाइली
नेपालका अधिकांश क्षेत्रमा थकाली भान्सा घरका नाममा सञ्चालित व्यवसायले मुख्य थकालीको अपनत्वलाई नै बदनाम गर्ने काम गरेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनु भएको छ ।
मुस्ताङको जोमसोममा शुरु भएको थकाली समुदायको मुख्य चाड तोरन्लको उद्घाटनको क्रममा बोल्दै उहाँले देशैभर थकाली भान्साघरका नाममा सञ्चालीत रेष्टुरेन्टहरु कतिपयले थकालीको नाममा बदनाम गर्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो थकालीले खानाको परिकार स्वादिलो बनाउने भएकाले त्यो नामलाई प्रयोग गरेर फाइदा लिने ध्येयले थकाली भान्साघर भनेर सुरु गरको धेरै भए पनि ति थकालीले नचलाएको पाइने गरेको छ । अन्य जातजातिले पनि थकालीको नामले व्यवसाय सञ्चालन गरिदिदा थकालीको आफ्नो पहिचानमाथी नै असर पर्र्न सक्ने भएकाले यस तर्फ सबैले ध्यान दिनु पर्ने शेरचनको भनाई छ । थकाली अनुसन्धान केन्द्रको अगुवाइमा थकाली भान्साघरलाई
थकाली समुदाय अल्पसंख्यक हुँदै गर्दा पनि आफ्नो भाषा कुल जनसंख्याको करिब ४० प्रतिशतले मात्रै बोल्ने प्रदेशसभा सदस्य शेरचनको भनाई थियो । उहाँले भेषभुष भाषा सस्कृति संरक्षण गर्न तीनै तहका सरकारले प्रयास गरिदिनु पर्ने तर्क गर्नुभयो । हामीले आफ्नो घरमा पनि भाषा संस्कृतीलाई पुस्तान्तरण गर्ने गर्नु पर्ने र यदि यस्तो गर्न नसकेको खण्डमा भाषा संस्कृती नै लोप भएर जाने उहाँले भन्नुभयो ।
थकालीहरुको नेपालमा रहेका क्षेत्रहरु तथा अष्टेलिया, हङकङ र अमेरिकामा एक–एक क्षेत्र रहेको छ । नेपालमा पछिल्लो जनगणनाको तथ्याङ्क अनुसार थकालीहरुको जनसंख्या १३ हजार हाराहारी रहेको थकाली सेवा समिति जोमासोमले जानकारी दिएको छ । थकाली समुदाय नेपालको अल्पसंख्यक जातीमा पर्दछ ।
कार्यक्रममा भुमी समस्या समाधान आयोगका विज्ञ सदस्य सर्मीला गुरुङले आगामी पुस्तालाई अहिलेको पुस्ताले आफ्नो संस्कृती जोगाएर बुझाउन सकेको खण्डमा त्यो नै सबै भन्दा ठूलो उपहार हुने बताउनु भएको थियो ।
जोमसोममा भएको थकाली समुदायको महान सांस्कृतिक चाड तोरन्लको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसाल, थकाली सेवा समितिका मिमकुमारी शेरचन लगायतले बोल्नु भएको थियो । तीन दिन सम्म मुख्य रुपमा चाल्ने तोरन्लमा तारा खेल मुख्य आकर्षणको रुपमा रहेको छ ।