अमृत बास्कुने
नेपाली पत्रकारीताको इतिहासमा अहिले सम्म महिलाले अध्यक्ष पदमा पुगेर नेतृत्व गर्न पाएको छैन । अहिले हुदै गरेको निर्वाचनको जितले नयाँ इतिहास बनाउने छ । यो पक्कै हो कि निर्मला शर्माको जितले नेपाली पत्रकारीताको छाता संस्थामा पहिलो महिला अध्यक्षको इतिहास रच्नेछ । तर उहांको नेतृत्वले त्यो भन्दा धेरै ठूला परिवर्तनको ढोका खोल्ने छ । त्यसैले यो चुनाब हेर्दा देखिने, बोलाउदा सुनिने अनि खोज्दा भेटिने प्रभाबकारी र “हाम्रो महासंघ, मेरो अध्यक्ष” भन्ने गन्तब्यका लागि अहिलेको नेपाल पत्रकार महासंघको निर्वाचन “टर्निंग पोइन्ट” हो ।
अब जानौ को हुन् निर्मला शर्मा ?
निर्वाचन एउटा प्रजातन्त्रीक पद्धती हो र यस समयमा निर्मला शर्मालाइ कुनै उपमा दिन मिल्छ भने त्यो हो निरन्तर पत्रकारिता । निर्मला शर्माको पत्रकारितको इतिहास गण्डकी प्रदेशको राजधानी शहर पोखराबाट थालनी भएको थियो । उहाँले २०५२ सालमा पोखरा (कास्की)बाट प्रकाशन हुने ‘आदर्श समाज’ दैनिकबाट पत्रकारिता प्रारम्भ भएको थियो । उहाँ ‘श्री सगरमाथा दैनिक’ (२०५३) र रेडियो नेपाल (२०५६) मा आबद्ध हुनुभयो । रेडियो सगरमाथा, सारथि साप्ताहिक, कान्तिपुर एफएम, उज्यालो एफएमजस्ता प्रतिष्ठित संस्थामा योगदान उहाँको योगदान रहेको छ ।
महिलाहरुलाइ अगाडी ल्याउन र मुलधारमा प्रतिस्पर्धामा ल्याउन निकै माहिर शर्माले नारी शक्तिलाइ मजबुत बनाउनकै लागि उहाँले महिला खबर’डटकमको संस्थापक सम्पादक रहनु भयो ।
प्रभावकारी सञ्चार र अनुसन्धान :
• ‘कान्तिपुर टिभी’को लोकप्रिय समकोण कार्यक्रमकी प्रस्तोता तथा निर्माता (६५ भन्दा बढी जिल्लामा स्थलगत अध्ययन)।
• लैंगिक समता, सामाजिक जागरण, र नीतिगत सुधारमा सक्रिय।
• पत्रकारितामा प्रशिक्षण, अनुसन्धान, र अध्ययन सामग्रीको सम्पादनमा संलग्न।
अनुभबि नेतृत्व :
• दक्षिण एसियाली स्वतन्त्र पत्रकार संघ (साफ्मा) नेपालको पूर्व महासचिव।
• सञ्चारिका समूहको पूर्व अध्यक्ष।
• नेपाल पत्रकार महासंघको केन्द्रीय सल्लाहकार।
निर्मला शर्मा नेतृत्वको विशेषता:
महिला भएकैले मात्र होइन, उहाँको अनुभव, समर्पण, र व्यवसायिक क्षमताले श्रमजिवी पत्रकारको हक, जिम्मेवार पत्रकारिता, र प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दै महासंघलाई नयाँ उचाइमा पुर्याउने नेतृत्व क्षमता भएकोले मेरो भोट महासंघको साख जोगाई गरिमा उॅंचो बनाउन निर्मला शर्मा Nirmala Sharma र उहाँको समूहलाई ।
“प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता : हाम्रो प्रतिबद्दता”
“हाम्रो महासंघ : जिम्मेवार, सशक्त र भरपर्दो महासंघ”