बागलुङ, २५ मंसिर- जिल्ला प्रहरी कार्यालय बागलुङले एक युवतीलाई जर्बजस्ती करणी र लुटपाट गर्ने बारा जिल्ला खुटुवाजब्दी गाविसका २६ बर्षिय मुहमद रफिक रायभाटलाई पक्राउ गरि अनुसन्धनको प्रक्रिया अघि बढाएको छ ।
रफिकले बागलुङकी एक युवातीलाई ललाईफकाई गत असोज १३ गतेदेखि ६ दिनसम्म बागलुङ बाजरको एक होटेलमा राखेर जर्बजस्ती करणी गरि उनीसँग भएको १० तोला सुनको गरगहना, नगद ८० हजार र मोबाईल समेत लुटेको प्रहरीले जनाएको छ ।
रफिकले ति युवतीलाई पिउने पानीमा नशालु पदार्थ मिलाएर खुवाउने र बेहोस बनाएर जर्बजस्ती करणी गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र ढकालले जानकारी दिए । दुई हप्ताअघि पोखरामा पक्राउ परेका उनलाई जिल्ला अदालत बागलुङबाट म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी प्रमुख ढकालको भनाई छ ।
प्रहरीले सबै प्रमाण जुटाएर रफिकलाई जर्बजस्ती करणी र जर्बजस्ती लुटपाटको मुद्धा दर्ता गर्ने तयारी गरेको छ । चोरीको गरगहना खरिद गर्ने सुन पसलले बारकै पिन्टु भनिने श्रीलाल साह पनि पक्राउ परेका र चोरीको रकमबाट खरिद गरिएको मोटरसाईकल पनि अभियुक्त रफिकबाट बराबद गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच, बोबाङ–७ का चक्रे विकको हत्यामा संलग्न बोबाङ–९ का लोचनबहादुर विकलाई पक्राउ गरी अुनसन्धान अघि बढाएको जिप्रकाले जनाएको छ । यसैगरी, सार्वजनिक सडकमा हिडिरहेका महिलालाई जिस्काएको आरोपमा पक्राउ परेका बानपा–१ का सूर्य किसान, बिशाल बोहरा, बिकल किसान, तंग्राम गाविस–३ घर भई हाल बानपा–१ रामरेखा बस्ने आशिष बोहरालाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्र्तगत प्रशासनबाट म्याद थपी अनुसन्धान गरिएको प्रहरीको भनाई छ ।
Previous Articleपत्रकार आफै ज्योतिषी र डाक्टर नबनौ-उपाध्यक्ष भण्डारी
Next Article भ्रष्टाचारविरुद्ध दिवस मनाईयो