बागलुङ, २५ मंसिर – ‘भ्रष्टाचार न्यूनिकरण गर्नको लागि हाम्रो सामुहिक प्रतिवद्धता, सदाचारयुक्त समाज निर्माणको लागि ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ बागलुङमा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस शुक्रबार अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ । जवाफदेहीताको लागि असल छिमेकी नेपालको आयोजना तथा ट्रान्सपरेन्सी इटरनेशनल नेपालको सहकार्यमा दिवस मनाईएको हो । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचारविरुद्ध मनाईने दिवस नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले भ्रष्टाचार सबै देशलाई असर गर्ने जटिल रोग भएकाले यसकाविरुद्ध सामुहिक अडान लिन सबै सरकार, नीजि क्षेत्र र नागरिक समाज एकजुट हुनुपर्ने बताएका थिए । विभिन्न कार्यालयका प्रमुख, संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागी रहेको कार्यक्रममा अधिवक्ता राम शर्माले भ्रष्टाचार र यसको न्युनीकरणको विषयमा सहजीकरण गरेका थिए । जवाफदेहिताको लागि असल छिमेकी नेपालका अध्यक्ष अधिवक्ता राम शर्माको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको संचालन कार्यक्रम अधिकृत सावित्री खड्काले गरेकी थिइन् ।
Previous Articleजर्बजस्ती करणी गरी लुट्ने पक्राउ
Next Article २५ मंसिर २०७३, ढोपाटन दैनिक