बागलुङ, २३ मंसिर/लैङ्कि हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतनामुलक छलफल तथा सहजिकारण कार्यक्रम बुधबार बोहरागाउँमा सम्पन्न भएको छ ।
गाविस स्तरिय महिला विकास समिति बोहरागाउँ र ईलाका प्रहरी कार्यालय बोहरागाउँको संयुक्त आयोजनामा भएको कार्यक्रममा लैङ्गिक हिंसा, महिला अधिकार लगायतको बारेमा सहजिकारण गरिएको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बोहरागाउँका प्रमुख प्रहरी नायव निरिक्षक रिमबहादुर बैदार र महिला विकास समिति बोहरागउँका सचिव भानिकला रेग्मीले सहजिकरण गरेका थिए । कार्यक्रममा अन्यायमा परेको अवस्थामा हिंसा सहेर नबसेर सम्बन्धित निकायमा उजुरी गरि आफ्नो अधिकार खोज्नुपर्नेमा जोड दिईएको थियो । महिला आफै सचेत र जागरुक भएमा मात्र महिला हिंसा न्युनिकारण गर्न सकिने बक्ताहरुको भनाई थियो । कार्यक्रम महिला समुह बोहरागाउँका सहसचिव धनकुकारी शाहीको अध्यक्षता, सचिव भानिकला रेग्मीको स्वागत र सदस्य विन्दु हमादको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच, गाविस स्तरिय कृषि विकास समिति बोहरागाउँको बैठकले चालु आ.ब.का लागि योजना तर्जुमा सहित कृषि सेवा केन्द्रमा माग गर्ने योजना तय गरेको छ । बुधबार गाविस कार्यालयका भएको बैठकले कृषक समुहका लागि प्लाष्टिक टनेल, ओखर तथा किविका विरुवा र मिनिटेलर हलो माग गर्ने निर्णय गरेको छ । बोहरागउँ गाविसका सचिव दिपक शर्माको विशेष उपस्थितीमा भएको बैठकमा गाविसकै कृषि प्रविधिक पुष्पा शर्माले सहजिकण गरेकी थिइन् । ।