बागलुङ, २२ मंसिर – अदुवाबाट मिठाई बनाउने सिप प्रदान गरी स्थानीयको अर्थोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले बागलुङको बिहँुँ गाविसमा अदुवाबाट चक्लेट बनाउने (जिन्जर क्यान्डी) तालिम सुरु गरिएको छ ।
बिहुँ गाविसको आर्थिक सहयोग र ज्ञानज्योति सामुदायिक अध्ययन केन्द्रको आयोजनामा बिहुँ–१ सुल्डाडामा तालिम सुरु गरिएको हो । तालिम उद्घाटन पछि बोल्दै गाविस सचिव मनोज कार्कीले स्थानीय तहमा उपलब्ध हुने स्रोत र साधनको उचित उपयोग गर्न सके आर्थिक हैसियत सुधार गर्न सकिने धारण व्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्षक संघका सचिव भुवनीप्रसाद कँडेल, नारायण कँडेल महिला संजालकी उपसचिव लक्ष्मी कँडेल, छमुकली कँडेल, टिकाकुमारी कँडेल, प्रशिक्षक ऋषिराम शर्मा अनिता बोहरा लगायतले बोलेका थिए ।
उद्घाटन कार्यक्रम अध्ययन केन्द्रका अध्यक्ष बालकृष्ण कँडेलको अध्यक्षता, ज्ञानज्योति प्राविका प्रधानध्यापक मानबहादुर केसीको स्वागत र कल्पना कँडेलको सचालनमा सम्पन्न भएको थियो ।
तालिममा अदुवाबाट मिठाई बनाउने तरिका तथा बजार व्यवस्थापन सम्बन्धी सहजिकरण गरिने बताइएको छ । तालिममा स्थानीय ३० जनाको सहभागीता रहेको छ । तालिम दुई दिनसम्म संचालन हुने अध्यक्ष बालकृष्ण कँडेलले बताए ।