नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ आएपछि लोडसेडिङले आजित बनेको नेपालको राजधानी काठमाडौं सदाबहार उज्यालोमा परिणत भएको छ । काठमाडौंलाई उज्यालो बनाएपछि निर्देशक कुलमानको अहिले चर्चाको पात्र बनेका छन् । इच्छाशक्ति भयो भने असंभव केही छैन भन्ने उदाहरण कुलमानले दिएका छन् । कुलमानले काठमाडौँ उपत्यकामा जारी रहेको विद्युत्भार कटौतीमुक्त अभियानलाई निरन्तर अगाडि बढाउन, चुहावट नियन्त्रण गर्न र विद्युत् चोरी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सक्रिय रुपमा लागेका छन् । लोडसेडिङमुक्त गराउने कुलमानको अभियान काठमाडौंबाट शुरु भएर अहिले जिल्लामा पनि केन्द्रित हुन थालेको छ । कुलमानको यो अभियानलाई लिएर नागरिक निकै नै उत्साहित बनेका छन् । लामो लोडसेडिङका कारण देशभरका जनता प्रभावित बनेका छन् ।
मुलुकलाई नै विद्युत्भार कटौतीमुक्त घोषणा गर्ने तयारीमा प्राधिकरण रहेको छ । उज्यालो राजधानीलाई अध्यारो बनाई उज्यालोको ब्यापार गर्न पल्किएका दलाल र कमिसन खोरहरूको चलखेल र चरित्र पनि बिस्तारै पर्दाफास हुँदै गएको छ । अहिले कुलमानले साँच्चिकै एउटा नयाँ जागरण ल्याएका छन् । दिनहुँ लोडसेडिङको अध्यारोमा बस्ने बानी परेका राजधानीबासीलाई ठुलो गुण लगाएका छन् । कुलमानको यो अभियानलाई राजधानी मात्रै होइन जिल्ला जिल्लामा पनि पु¥याउनु पर्छ । कुलमानको यो अभियानलाई बिफल बनाउनको लागि प्राधिकरणकै कर्मचारी नै लागि परेको समाचार बाहिर आउन थालेका छन् । राम्रो काम गर्नेलाई देख्नै नसक्ने प्रवृत्तिका कारण नेपालमा समृद्वि हुन सकेको छैन । लोडसेडिङ हटाउने अभियानलाई असहयोग गरेको अभयोग लागेका नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरुले सरकारले पठाएको स्पष्टीकरण पत्र बुझ्न अस्वीकार गरेका छन् । सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलेलाई उर्जा मन्त्रालयले अवैधानिक रुपमा बैठक बसेर प्राधिकरणको सुधार अभियानलाई प्रभावित पार्न खोजेको भन्दै स्पष्टीकरण पत्र काटेको थियो ।
७ दिनभित्र स्पष्टीकरण पेश नगरे मन्त्रालयले विद्युत प्राधिकरण ऐन–२०४१ अनुसार कारवाही गर्ने जनाएको छ । यदि स्पष्टीकरण चित्त बुझ्दो नभए पनि उनीहरुलाई पदबाट हटाउने तयारी उर्जा मन्त्रालयको छ । उनीहरुलाई मन्त्रालयले मंसिर १७ गते नै स्पष्टीकरणपत्र काटेको थियो । सञ्चालकहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूखुसी निर्णय गरेको भन्दै अख्तियार समेत गुहारेका थिए । जानजान देशलाई अध्यारो दिशातर्फ धकेल्ने अपराधीलाई जुनसुकै सजाय दिएपनि कम हुन्छ । कुलमानको यो अभियानलाई सहयोग गर्नको लागि राजनीतिक दल र नागरिक समाजले पनि सहयोग गर्न जरुरी छ । उज्यालो अभियानमा लागेका कुलमानलाई असफल बनाउने होभने देशले सधै भारतसंग बिजुलीको माग्नु पर्ने अवस्था सिर्जना हुन्छ । त्यसैले कुलमानलाई साथ दिऔं ।
Previous Articleअदुवाबाट चकलेट बनाउने तालिम शुरु
Next Article ट्राफिक व्यवस्थापनः समस्या र समाधान