पहिलो नजरमै
तिमीसंग प्रेममा परेको म
तिम्रो प्रेमको चाहनामा
सयौं पटक गिरे
आफ्नै नजरमा ।
लाग्थ्यो गुराँस उनिदिउँ
तिम्रो चुल्ठिमा
लाग्थ्यो खुसी बुनिदिउँ
तिम्रो मुहारमा
लाग्थ्यो जून टिपेर
उपहार पठाइदिउँ
लाग्थ्यो ताराहरु
तिम्रै खुसीमा सजाइदिउँ
कठै तिम्रो महंगो प्रेमलाई
छुदैं छोएन मेरो मायाले
सामर्थ्य थिएन मसंग
प्रेम खरीद गर्ने
प्रेमलाई हृदयभित्र गुथ्ने म
प्रेमलाई प्रेमले बुझ्ने म
प्रेमको हैसियत छुट्याउन सकिन्
जाउ प्रेमको मैदानमा
लैजाउ बदलामा
महंगा उपहारहरु
म त गरीब प्रेमी
अयोग्य ठहरिए
प्रेमको बजारमा
निष्काशित गरिए
अयोग्य व्यापारी ठहरिएर ।।