अमृत बास्कुने
मंगला गाउँपालिका–४ बरंजामा धुले पर्व–२०८१ को अवसरमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ ।
बरंजाको ५४ कुरिया मगरहरुको पुख्र्यौली परम्परा धुले पर्वको अवसरमा आयोजना गरिएको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगतको खुल्ला पुरुष भलिबल तर्फको शुक्रबार भएको सेमीफाइनलबाट फाइनलको समिकरण पुरा भएको हो । पहिलो सेमीफाइनल खेलमा राष्ट्रिय युवा संघले बेनी नगरपालिका–४ थामडाँडालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । राष्ट्रिय युवा संघले २५–१५, २५–१८ र २५–२० को सोझो सेटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
त्यसैगरी दोश्रो सेमीफाइनल खेलमा मंगला गाउँपालिका–५ सिर्कुमलाई पराजिट गर्दै पोखरा महानगरपालिका हेम्जाले पनि फाइनलमा स्थान बनाएको छ । हेम्जाले सिर्कुमलाई पनि सोझो सेटमा पराजित गरेको थियो । हेम्जाले २५–२०, २५–२३ र २५–२० को सेटमा पराजित गरेर फाइनलमा स्थान बनाएको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष एवम् अफिसियल संयोजक तेजेन्द्र बानियाँले बताउनुभयो ।
खुल्ला पुरुष भलिबल प्रतियोगितामा पहिलो हुनेले एक लाख रुपियाँ र दोश्रो हुनेले ६० हजार रुपियाँ पुरस्कारबापत नगद प्राप्त गर्ने धुलेमेला संरक्षण समितिका अध्यक्ष रनबहादुर रोकाले जानकारी दिनुभयो । धुलेको अवसरमा आयोजिति कक्षा ६–८ सम्मको दौड प्रतियोगिता, आमा समूह स्तरीय लोकगीत प्रतियोगिता सम्पन्न भै सकेको छ भने प्रौढ भलिबल, खुल्ला पुरुष भलिबल जारी रहेको जानकारी दिनुभयो । त्यस्तै महिला भलिबल प्रतियोगिता शुक्रबार देखि शुरु भएको छ भने तारा खेल प्रतियोगिता शुरु हुन बाँकी रहेको उहाँको भनाई छ । खुल्ला (सो डान्स) नृत्य प्रतियोगिता पनि सञ्चालनमा रहेको उहाँको भनाई छ ।
५४ कुरिया मगरहरुले हरेक वर्षको जेठ महिनामा मनाउने धुले पर्वको औपचारीक विधि १७ गते बिहिबार सकिए पछि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको हो ।
धुलेको अवसरमा बरङ्जामा आयोजित भलिबलको फाइनल समिकरण पुरा
Previous Articleप्रेम पुजारी
Next Article भूमिअधिकार मञ्चले मन्त्रीलाई बुझायो ५ बुदें माग पत्र