विपिन श्रीस
बागलुङ, २१ मंसिर – जिल्लाको काँडेबास गाविस को २५ आँै गाउँ परिषद् आर्थिक वर्ष २०७३/०७४ को बजेट विनियोजन र आगामी आ.व.को लागि विभिन्न कार्यक्रमहरु तर्जुमा गर्दै सोमबार सकिएको छ ।
परिषद्ले आर्थिक वर्ष २०७३/०७४ का लागि पुँजीगततर्फ ३६ लाख ६२ हजार र चालुतर्फ ५ लाख ४५ हजार गरी ४२ लाख ७ हजार रुपैँया विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको छ । पुँजीगत खर्चको लक्षित वर्गतर्फ महिलाका लागि ३ लाख ४८ हजार ८ सय १०, बालबालिकाका ३ लाख ४८ हजार ८ सय १०, दलितका लागि ३ लाख ७३ हजार २ सय १०, अपाङ्गता भएकाहरुका लागि १ लाख र ज्येष्ठ नागरिकका लागि ५० हजार रकम विनियोजन गरिएको छ ।
जनजातिका लागि आगामी वर्षका लागि ५ लाख २३ हजार २ सय १० रुपैयाँ प्रस्ताव गरिएको छ । त्यस्तै पुँजीगत तर्फको विकास खर्चतर्फ खानेपानी सम्बन्धि वास कार्यक्रमका लागि ५ लाख, हटिया–चालिसेटोला–थालेपोखरा–सुखौरा सडकका लागि ८ लाख ४३ हजार ९ सय ५, पचुवा–देउखर्क मोटरबाटोका लागि १ लाख, जनजागृति माध्यामिक विद्यालयदेखि पिपलडाँडा घोरेटो बाटोका लागि १ लाख, गल्याङ पुलदेखि बाटाका घरसम्मको घोरेटो बाटोका लागि ५० हजार रकम छुट्याईएको छ । यसैगरी परिषदले संस्कृति संरक्षण मञ्च काँडेबासलाई ७२ हजार रुपैयाँ विनियोजन गरेको छ ।
निहुरे युवा क्लव, जनजागरण युवा क्लव र धौलागिगिरी युवा क्लवलाई ४०÷४० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, भानु प्राथमिक विद्यालयमा तारबार गर्न ५० हजार रुपैयाँ विनियोगन गरिएको गाविस सचिव आनन्दप्रसाद शर्माले जानकारी दिए । परिषद्ले आगामी आर्थिक वर्षका लागि प्रत्येक वडाबाट आएका योजनाहरुको तर्जुमा समेत गरेको छ ।
परिषद्मा गत आर्थिक वर्षको गतिविधिको पनि समिक्षा गरिएको थियो । काँडेबास गाविसका भुतपुर्व अध्यक्ष अग्निधर कँडेलको प्रमुख आतिथ्यता रहको कार्यक्रममा नेपाली काँग्रेसका लोकनाथ कँडेल, नेकपा एमालेका पवित्रा बुढाथोकी, नेकपा माओवादी केन्द्रका आत्मराम शर्मा, राष्ट्रिय जनमोर्चाका भीमबहादुर शेरचनले बोलेका थिए ।
त्यसैगरी, शिव माध्यामिक विद्यालय काँडेबास स्रोत केन्द्रका स्रोतव्यक्ति दिनेश पन्त, जनजागृति माध्यामिक विद्यालयका प्रधानाध्यापक तेजेन्द्र बुढाथोकी, शिव माविका प्रधानाध्यापक हरि चालिसे, गैरसरकारी संस्थाको तर्फबाट घनश्याम चालिसे, दलित प्रतिनिधि यमबहादुर विक, जनजाति प्रतिनिधि डिलबहादुर बुढाथोकी, महिला प्रतिनिधि नमकुमारी सापकोटाले बोलेको कार्यक्रमको सम्पन्न गाविसका सचिव आनन्दप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Previous Articleआगलागी हुँदा ७ लाखको क्षति
Next Article ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गरिदै