बागलुङ, २१ मंसिर – जिल्लाको बोङ्गादोभान गाविस वडा नम्बर १ फल्गामा सोमबार एक घरमा आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको छ । बिहान ९ ः ३० बजेतिर लागेको आगो एक घण्टापछि इलाका प्रहरी कार्यालय बोंगादोभानको प्रहरी टोली र स्थानियबासीले नियन्त्रणमा लिएका थिए ।
घरमा कोही नभएको समयमा आगोलागी भएको र त्यसको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय बोंगादोभानका प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद मिश्रले बताए । बोङ्गादोभानका गुमान गिरीको घरमा अचानक आगो लाग्दा घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
करीब ५ लाखको घर १ लाख ५० हजार बराबरको अन्नपात लत्ताकपडा र नगद १२ हजार जलेको प्रहरीले जनाएको छ । आगलागीमा मानविय क्षति भने नभएको बताईएको छ । यसैबीच सोमबारै आगोलागी पीडित गुमान गिरीका परीवारलाई स्थानिय आमा समुह र प्रहरीको सक्रियतमा राहत संकलन गरी सहयोग हस्तान्तरण गरिएको छ ।
पीडित परिवारलाई ११ हजार २ सय ३० रुपैयाँ नगद १ सय ३० किलो चामल ११ लिटर तेल ११ किलो चिनी १३ किलो नुन लगाएत अन्य सामाग्री सहित लत्ताकपडा सहयोग गरीएको प्रहरी सहायक निरीक्षक विष्णु प्रसाद मिश्रले जानकारी दिए ।
Previous Article२१ मंसिर २०७३, धौलगिरी स्टार साप्ताहिक
Next Article ४२ लाख बजेट विनियोजन