प्रदेश एकताका पक्षमा आमजनता यति अभूतपूर्व रुपमा सडकमा उत्रेको संभवतः यो पहिलो घटना होला । बुटबलमा अहिले उर्लिएको जनसागर सामान्य छैन। यो शालिन प्रदर्शनले निकै गम्भीर परिणामको संकेत भने दिएको छ। सबैभन्दा सकारात्मक र सुन्दर पक्ष के छ भने यति विशाल जनप्रदर्शन र प्रतिरोध हुँदा पनि कुनै हिंसात्मक घटना भएको छैन । तर यो शालिनता र संयमलाई सिंहदरबार वा यहाँको नेतृत्वले कमजोरी ठान्यो र यसरी नै रमिता हेरिरह्यो भने त्यसको परिणाम नसोचेको पनि हुनसक्छ । त्यसतर्फ खासगरी कांग्रेस, एमाले, माओवादीका शीर्ष नेतृत्वले बेलामै ध्यान पुर्याउनु जरुरी छ । नत्र यसले संघीयतालाई नै बगाउने खतरा पनि छ।
यसअघि पनि संविधान बनाउने क्रममा पाँच नम्बर प्रदेशको निर्माणमा निकै खिचातानी भएको हो। लामो बहस र विवादपछि पाँच नम्बर प्रदेशको सिमांकन तय गरिएको थियो । तर अहिले मधेस सम्बोधन गर्ने बहानामा बनिसकेको पाँच नम्बर प्रदेशलाई टुक्राउने खेल सुरु भएको छ र त्यही डिजाइनअनुसार संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भएको छ ।
संसद्मा दर्ता गरिएको संशोधन प्रस्तावमा ५ नम्बर प्रदेशमा रहेका पहाडी जिल्ला, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम ( पूर्वी भाग), रोप्ला र प्यूठानलाई अलग गरेर ४ नम्बरमा गाभ्ने प्रस्ताव गरिएको छ ।हाल ४ नम्बर प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र नवलपरासीको (बर्दघाट सुस्तापूर्व) को भाग समेटिएका छन् । प्रस्तावअनुसार संविधान संशोधन भए ४ नम्बर प्रदेशमा १६ वटा पहाडी जिल्ला र नवलपरासी तथा रुकुमको केही भाग पर्नेछन् ।
प्रदेश एकताका पक्षमा आमजनता यति अभूतपूर्व रुपमा सडकमा उत्रेको संभवतः यो पहिलो घटना होला । बुटबलमा अहिले उर्लिएको जनसागर सामान्य छैन। यो शालिन प्रदर्शनले निकै गम्भीर परिणामको संकेत भने दिएको छ। सबैभन्दा सकारात्मक र सुन्दर पक्ष के छ भने यति विशाल जनप्रदर्शन र प्रतिरोध हुँदा पनि कुनै हिंसात्मक घटना भएको छैन । तर यो शालिनता र संयमलाई सिंहदरबार वा यहाँको नेतृत्वले कमजोरी ठान्यो र यसरी नै रमिता हेरिरह्यो भने त्यसको परिणाम नसोचेको पनि हुनसक्छ । त्यसतर्फ खासगरी कांग्रेस, एमाले, माओवादीका शीर्ष नेतृत्वले बेलामै ध्यान पुर्याउनु जरुरी छ । नत्र यसले संघीयतालाई नै बगाउने खतरा पनि छ।
लुम्बिनीका गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलबस्तु , नवलपरासी र रुपन्देहीबीचको अन्तरसम्बन्ध निकै बहुआयमिक खालको छ। यो कसैले चुँडाएर वा टुटाएर टुट्ने खालको छैन । रुपन्देही, कपिलवस्तु, नवलपरासीको समथर भूभाग(तराई) मा बस्नेहरुको बाहुल्यतालाई पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पाले नै प्रतिनिधित्व गर्छ । यसलाई जोड्ने काम बुटवलले गरेको छ। बुटबलको विकासमा पहाडी जिल्लाको योगदान र साझेदारी उच्च छ ।
पहाड र तराईको अनुपम समायोजनबाट बनेको पाँच नम्बर प्रदेश मुलुककै संभवत : सबैभन्दा सबल र समृद्ध प्रदेश हो । भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनी, भैरहवामा बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थल, भारतसँगको व्यापारिक नाका र यातयातको व्यवस्थित पहुँच, नदीनाला एवं अन्य प्राकृतिक स्रोतहरुको सम्पन्नताले गर्दा यो प्रदेशमा आफैमा लोभलाग्दो छ ।
बनिसकेको पाँच नम्बर प्रदेशलाई टुक्राएर भौगलिक रुपमा समेत यसलाई आश्रित र अस्थिर बनाउने नियत मात्र होइन, यहाँको सामाजिक र सांस्कृतिक एकतालाई भत्काउने डरलाग्दो नियत पनि यसमा देखिन्छ । पाँच नम्बर भूगोलले मात्र नजिकबाट जोडिएको छैन, भावनाले पनि कसिएको छ । पाँच नम्बरको त्यो भावनामाथि एउटा भयानक खेलवाड भएको छ ।
संविधानलाई अपुरो भन्दै स्वागत गर्न सकस मान्दै आएको भारतले पाँच नम्बर टुक्राउने प्रस्तावसमेत सम्मिलित संविधान संशोधनलाई भने पारित नहुँदै स्वागतयोग्य भनेर विज्ञप्ती निकालेको छ । मुलुककै एउटा व्यवस्थित सहर तथा व्यापारिक केन्द्र बुटवलबाट पहाडी जिल्लाहरुलाई अलग गराउने खेलमा आन्तरिक राजनीति, स्थानीय माग र राष्ट्रिय आवश्यकता भन्दा पनि यसमा बाह्य सरोकार र रणनीतिक स्वार्थ हावी भएको देखिन्छ । पहाडियालाई तराईबाट खेद्ने र तराईलाई आफ्ना निकट र नियन्त्रणमा राख्ने दीर्घकालीन डिजाइनअनुसार सिमांकन फेर्न छिमेकबाट दबाबयुक्त सुझाव आएको चर्चा पनि चलेको छ ।
भारतसँग जोडिएको एउटा प्रमुख व्यापारिक नाका रहेको पाँच नम्बरलाई पहाडी जनताको पहुँच र प्रभावबाट अलग गराउने प्रस्ताव अहिले अचानक कहाँबाट किन आयो ? यसको जवाफ संशोधन प्रस्ताव ल्याउने र यसलाई समर्थन गर्ने दल तथा नेताहरुले दिन सकेका छैनन् । पाँच नम्बर क्षेत्रलाई प्रतिनिधित्व गर्ने सत्तारुढ कांग्रेस र माओवादी अनि प्रमुख प्रतिपक्ष एमालेका सबै नेता तथा कार्यकर्ता संशोधनको विपक्षमा छन् । यसका लागि पार्टी ह्वीप र लाइनसमेत क्रस गर्न आफूहरु तयार रहेको कसम उनीहरुले जनतासमक्ष खाइसकेका छन् ।
मिलेर बसेका तराई पहाडका जनतालाई जबरजस्ती अलग्याउने वा विभाजन गर्ने खेलअनुसार नै पाँच नम्बरको सिमांकनमा पुनरावलोकनको बहाना अघि बढाइएको छ । मुलुकलाई सबैभन्दा बढी राजस्व दिइरहेको बुटबल वा लुम्बिनी सम्मिलित पाँच नम्बरमा रहेका स्रोतहरुबाट पहाडी जिल्लालाई विमुख बनाउने र त्यसमा स्थानीय नियन्त्रण कमजोर बनाउने डिजाइनअनुसार यो खेल भएको विश्लेषण पनि गरिएको छ ।
पाँच नम्बर प्रदेशको गौरव लुम्विनी हो । सिंगो नेपालको समृद्धिको एउटा बलियो आधारस्तम्भ बन्नसक्ने लुम्बिनी विश्वकै एउटा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग पर्यटनको अपार संभावन छ । यसको स्वभाविक हिस्सेदार गुल्मी, अर्घाखाँची, पाल्पा पनि हुन् । लुम्विेनीसँगको यो हिस्सेदारी र स्वामित्वलाई पनि जबरजस्ती खोस्ने र चुँडाउने खेल अहिले भइरहेको छ । यसलाई यो क्षेत्रका जनताले कुनै पनि हालतमा स्वीकार्ने पक्षमा छैनन् । लुम्बिेनीको शीर वा आत्माको रुपमा गुल्मी, अर्घाखाँची र पाल्पालाई लिने गरिएको छ । संशोधन प्रस्तावलाई यहाँका जनताले शीर वा आत्मालाई छिनाएर लुम्बिनी क्षेत्रको हत्या गर्ने प्रयासको संज्ञासमेत दिएका छन् ।
बुटबलसँग पहाडी जिल्लाहरुको सम्पर्क र सम्बन्ध कारोबार वा व्यापारले मात्र बाँधिएको छैन । बुटबलसँगको साइनो पहाडी जिल्लाको दिनाचार्यसँग निकै गहिरो रुपमा जोडिएको छ । दिनभर बुटवलमा व्यवसाय गरेर बेलुका बास बस्न गुल्मी, अर्घाखाँची र पाल्पा झर्ने चलन पनि छ । पहाडको तरकाली र दूध हरेक बिहान बुटबल आइपुग्छ, बुटबलबाट नुनतेल हरेक बेलुका पहाड झर्छ ।यी जिल्लाहरुबीचको भौगलिक सञ्जाल र सम्पर्क पनि निकै स्वभाविक र सहज खालको छ भने सामाजिक सम्बन्ध र सांस्कृतिक आदानप्रदान अति व्यापक छ । नयाँ प्रस्तावित सिमांकन पारित भएमा धेरै चेलीहरुको माइती र घर पनि अलगअलग प्रदेशमा हुनेछ ।
संघीयताको नाममा हामीले अनेक असफल प्रयोग गरिसकेका छौं । पहिले पनि प्रदेश सिमांकनका बेला यस्ता तनाव र विवाद भए । यही निहुँमा थुप्रैको ज्यान पनि गयो । हिजो कैलाली कञ्चनपुरलाई सुदुरपश्चिमबाट टुक्राउन खोजियो, तर ‘अखण्ड सुप’ भन्दै सबै एकजुट भए । जनता आफै सडकमा उत्रेर रोके । त्यसपछि झापा, मोरङ र सुनसरी अलग गर्ने कुरा पनि आयो तर त्यतिबेला पनि जनता सडकमा उर्लिए, नेताहरुको साथ भयो र त्यो पनि रोकियो । बाग्लुङ टुक्राउने प्रयास पनि जनप्रतिरोधका कारण सफल हुन सकेन । एउटा सेवा केन्द्र विस्तार गर्ने मामुली निर्णयसँगै कलैया र सिमरामा भएको आन्दोलन र त्यसको हिंसात्मक मुठभेडबाट सरकार र दलहरुले पाठ सिक्नुपर्छ, भूगोलसँग जनताको साइनो र स्वामित्व कति कठोर र कसिलो हुन्छ भन्ने कुरा ।
सुदुरपश्चिमका कैलाली कञ्चनपुर नटुक्रिने भएपछि पाँच नम्बर टुक्राउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा चुप लागेका छन् । सुदुरपश्चिम अखण्ड भएपछि अरु टुक्रिँदा टाउको नदुखाउने देउवाको नियत र चाल यतिबेला पाँच नम्बर प्रदेशका जनताले राम्रोसँग बुझेका छन् । पाँच नम्बर टुक्राउने प्रस्तावविरुद्ध पश्चिम बुटवलमा आँधबेहरी चलिरहँदा देउवा पूर्व इटहरी पुगेर एक नम्बर प्रदेश टुक्रिदैन भनेर भाषण गरिसकेका छन् । देउवा कसका लागि किन यसरी मुख खोले ? यो समयक्रमले स्पष्ट पार्नेछ । एक नम्बरबाट झापा, मोरङ र सुनसरी नटुक्रिने भएपछि एमालेका अध्यक्ष केपी ओली तथा पूर्वका अन्य नेताहरुलाई पनि पाँच नम्बर टुक्रिएको विषयले खासै पोलेको छैन ।
लुम्बिनी टुक्राउने खेलसँगै समग्र संघीयता यतिबेला सकसमा परेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीको आन्दोलनलाई निर्णायक मोड दिन ज्यानको बाजी लगाएर सडकमा उत्रेका पाँच नम्बर क्षेत्रका जनतालाई त्यही संघीयताको सिकार बनाउन खोजिएको छ । लुम्बिनीको यो आवाज र आक्रोशलाई उपेक्षा गरे जनता फेरि भन्न वाध्य हुनेछन् ,‘लुम्बिनी टुक्राउँन पाइँदैन । बरु संघीयता चाहिदैन।’ अन्नपूर्ण
Previous Articleविदेश नीति तोड्दै ताइवानका राष्ट्रपति साइ इंगसँग वार्ता
Next Article सम्भोगअघि यी खानेकुरा नखानुस्