माघ महिनाको दोश्रो हप्ता जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको नेकपा एमाले म्याग्दीले फागुन महिनामा पालिका अधिवेशन शुरु गरेको छ ।
‘समृद्ध नेपाल सुखी नेपाली’ परिकल्पना पुरा गर्नका लागि सक्रिय रहेको भन्दै नेकपा एमालेले जिल्लाका छ वटा स्थानियतह मध्ये दुई वटाको अधिवेशन सम्पन्न गरेको छ । धवलागिरी गाउँपालिकामा फागुन १८ गते भएको गाउँपालिका अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ गाउँपालिका कमिटी चयन गरेको छ । त्यस्तै मालिका गाउँपालिका कमिटीको फागुन २४ गते भएको गाउँपालिका कमिटीको अधिवेशनले दलमान पुनको अध्यक्षतामा ३१ सदस्यीय नयाँ पालिका कमिटी गठन गर्दै सम्पन्न भएको छ ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीका अनुसार फागुन महिना भित्र स्थानिय तहको अधिवेशन सकेर चैत महिना भित्र जिल्लाका ४५ वटै वडाको अधिवेशन सक्ने गरी तयारी भएको छ । नेकपा एमालेको विरासत जोगाउनका लागि अबको नयाँ टिमले निकै मेहनत गर्नु पर्ने देखिएको एमाले पंक्तिको धारणा छ । नेकपा एमालेलाई पहिलो पार्टीको रुपमा अगाडी ल्याउनका लागि सबै कमिटीहरु सक्रिय रुपमा लाग्नुको बिकल्प छैन । त्यसैले जिल्ला, पालिका, वडा र टोल कमिटीहरुका साथै जनबर्गिय संगठनहरुलाई पनि मजबुत बनाएर चुस्त र सक्रिय कमिटी निर्माण हाम्रो लक्ष्य हो–सुवेदीले भन्नुभयो ।
म्याग्दीमा २०४८ सालमा दुई वटा निर्वाचन क्षेत्र हुँदा थममायाँ थापा र चन्द्रप्रकाश बानियाँले एमाले बाट जित हासिल गर्नु भएको थियो । २०५१ सालमा भएको मध्यावधिक निर्वाचनमा नेकपा एमालेका तत्कालिन पार्टी प्रमुख निलबहादुर तिलिजाले विजय हासिल गर्नु भएको थियो । २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसका नरायणसिंह पुनले जित हासिल गर्नुभएको थियो भने २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीका गोविन्द पौडेलले जित हासिल गर्नुभयो । २०७० मा भएको संविधानसभा निर्वाचनमा नेकपा एमालेका नवराज शर्मा र २०७४ मा भएको आम चुनावमा प्रतिनिधिसभा तर्फ एमालेकै भुपेन्द्र थापा र प्रदेश तर्फ एमालेकी नरदेवी पुन र माओवादीका विनोद केसीले जित हासिल गर्नुभएको थियो । २०७९ मा भएको निर्वाचनमा प्रतिनिधिसभा तर्फ २०५६ भन्दा पछि पहिलो पटक नेपाली कांग्रेसले जित हासिल गरेको छ भने प्रदेश तर्फ दुई वटै प्रदेशमा माओवादीका सांसदहरु बिजय हुनुभएको छ । प्रदेश सभा क्षेत्र नम्बर १ तर्फ हरिबहादुर भण्डारी र प्रदेश सभा क्षेत्र २ मा रेशमबहादुर जुगजालीले विजय हात पार्नु भएको थियो ।
गठबन्धनले गर्दा एमाले दोश्रो हुन परेको भन्दै गर्दा पनि एमाले पहिलो शक्तिका रुपमा जुन सुकै हालतमा पनि उभ्याउने लक्ष्य लिएर एमालेको नयाँ जिल्ला कमिटी अगाडी बढेको एमाले उपाध्यक्ष प्रमोद श्रेष्ठको भनाई छ । कुनै पनि कमिटीमा बसेको व्यक्तिले पार्टीलाई समय नदिन छुट छैन, त्यसैले जो सुकैले पार्टीमा जिम्मेवारी लिन्छ त्यो व्यक्तिले पार्टीलाई समय दिनै पर्छ र खट्नै पर्छ–उहाँले भन्नुभयो ।
छ वटा स्थानिय तह रहेको म्याग्दीको दुई जिल्ला पछि पालिका अधिवेशनमा सक्रिय एमाले म्याग्दी

छ वटा स्थानिय तह रहेको म्याग्दीको दुई वटा स्थानियतहमा अधिवेशन भै सकेको छ भने फागुन २६ गते रघुगंगा गाउँपालिका कमिटीको अधिवेशन रघुगंगा गाउँपालिकाको मौवाफाँट, मंगला गाउँपालिका कमिटीको अधिवेशन फागुन २९ गते पोखरेबगरमा, मंगला गाउँपालिकाको अधिवेशन फागुन २८ गते बाबियाचौरमा र बेनी नगरपालिकाको अधिवेशन फागुन ३० गते बेनी बजारमा हुने नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभएको छ ।
वटा स्थानियतहमा अधिवेशन भै सकेको छ भने फागुन २६ गते रघुगंगा गाउँपालिका कमिटीको अधिवेशन रघुगंगा गाउँपालिकाको मौवाफाँट, मंगला गाउँपालिका कमिटीको अधिवेशन फागुन २९ गते पोखरेबगरमा, मंगला गाउँपालिकाको अधिवेशन फागुन २८ गते बाबियाचौरमा र बेनी नगरपालिकाको अधिवेशन फागुन ३० गते बेनी बजारमा हुने नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभएको छ ।
जिल्ला पछि पालिका अधिवेशनमा सक्रिय एमाले म्याग्दी
Previous Articleएमाले नेतृत्वको सरकारको पालामा आएको थियो बिकासको लहर
Next Article पुतली (यौन कथा)