मोहराज शर्मा
म चित्र बहादुर
येसै मक्कियेको बूढो हाड
अस्ति दौडिदो बसबाट खसेर
ठाउँ ठाउँ मा चर्किएको छ ।
अडिन नसकेर अडेस मा ज्यान अडायेको बेला
एकाबिहानै
बुटवल पढ्दै छु अखबारका पन्नाहरुमा ।
बूढो चस्मा ले अक्षर खुट्टाउदै जादा
मैले नक्सा बिग्रेको देश देख्दैछु
अनि अस्तित्व सुन्यता को भासमा मेलिदो समय देखिदै छ
तस्बिरहरुमा ।
मैले उहिल्यै भनेथे
नफोरौ मन्दिर जस्तै घर
छिमेकले हेप्नेछ,घर फोरेर मझेरीमा गारो चिन्दा ।
मैले बार बार दोहोरायेको हु
जब घरमा छिमेक पस्छ
जस्केलो बाट धन्सार छिरेर
धुरिमा आगो झोस्नेछ उसले
अनि शोक समयमा
खरानी तापेर आफ्नै जुठो बार्नु पर्ने समय आउन सक्छ ।
बुझेनन् शकुनि पास मा फसेका
धृतरास्टहरु ।
जब जग खल्किनेछ
भित्ताको प्लास्टर ले काम गर्ने छैन
जब धुरी बलो निकालिनेछ
सरा बला ले छानो अडिने छैन
कस्तो दुर्दिन देखिदैछ आँखा मा
आफ्नै घरमा दलिन ले किचियेर
मर्दैछु म , आगन मा भाइ भाइको महाभारत हेर्दै ।।
येसै मक्कियेको बूढो हाड
अस्ति दौडिदो बस बाट खसेर
ठाउँ ठाउँ मा चर्किएको छ ।
अडिन नसकेर अडेस मा ज्यान अडायेको बेला
एकाबिहानै
बुटवल पढ्दै छु अखबारका पन्ना हरु मा ।
बूढो चस्मा ले अक्षर खुट्टाउदै जादा
मैले नक्सा बिग्रेको देश देख्दैछु
अनि अस्तित्व सुन्यता को भासमा मेलिदो समय देखिदै छ
तस्बिर हरुमा ।
मैले उहिल्यै भनेथे
नफोरौ मन्दिर जस्तै घर
छिमेक ले हेप्नेछ,घर फोरेर मझेरीमा गारो चिन्दा ।
मैले बार बार दोहोरायेको हु
जब घरमा छिमेक पस्छ
जस्केलो बाट धन्सार छिरेर
धुरिमा आगो झोस्नेछ उसले
अनि शोक समयमा
खरानी तापेर आफ्नै जुठो बार्नु पर्ने समय आउन सक्छ ।
बुझेनन् शकुनि पासमा फसेका
धृतरास्टहरु ।
जब जग खल्किनेछ
भित्ताको प्लास्टर ले काम गर्ने छैन
जब धुरी बलो निकालिनेछ
सरा बला ले छानो अडिने छैन
कस्तो दुर्दिन देखिदैछ आँखा मा
आफ्नै घरमा दलिन ले किचियेर
मर्दैछु म , आगनमा भाइ भाइको महाभारत हेर्दै ।।