पोखरा, १७ मंसिर- सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएर तराई र पहाड टुक्र्याएको विरोधमा एमाले, राष्ट्रिय जनमोर्चा र मालेले शुक्रबार पोखरामा विरोध प्रदर्शन गरे । उनीहरुले पहाड र तराई टुक्र्याउनु राष्ट्रघाती कदम भन्दै तत्काल प्रस्ताव फिर्ता नलिए ठूलै मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
पोखरा सभागृह चोकबाट शुरु भएको र्याली चिप्लेढुंगामा पुगेर कोणसभामा परिणत भएको थियो । ‘हिमाल, पहाड, तराई कोही छैन पराई’ भन्ने नारा लगाएका थिए । आन्दोलनकारीले चर्काे नारा लगाएका थिए । विरोध र्यालीमा गाउँ–गाउँबाट समेत कार्यकर्ता आएका थिए । बिहान एमाले निकट विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला जलाएका थिए ।
कोणसभामा बोल्दै एमाले अध्यक्ष कृष्णबहादुर थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दर्ता गरेको प्रस्ताव राष्ट्रघाती भएकाले तत्काल फिर्ता लिन आग्रह गरे । सरकारले ५ नम्बर प्रदेशका तराई र पहाडलाई अलग गराएर ठूलो गल्ती गरेको छ ।
भारतको इशारामा प्रस्ताव दर्ता गरेको भन्दै राष्ट्रको हितमा नहुने उनको तर्क छ । ‘कुनै पनि हातलमा तराईलाई पहाडसँग छुटाउनु हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्री दाहाल भारतको इशारामा चलेको छन् । हामीले यसको प्रतिवाद गरेर प्रस्ताव असफल पार्छाैं ।’ विवाद नभएको ठाउँमा प्रदेश टुक्र्याएर सरकारले शान्तिपूर्ण ठाउँमा द्वन्द्व निम्त्याउन खोजेको उनले आरोप लगाए ।
Previous Articleआइओएम डिन सिंहद्वारा राजीनामा
Next Article अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधि नेपाललाई