नवलपरासी,१७ मंसिर-३५ औं अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नवलपरासीको अमलटारीमा शुक्रबार सम्पन्न विश्व कप अर्थात् अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको फाईनल प्रतिस्पर्धामा आईसल्याण्डको एलिफेन्ट्स पोलो गियरलाई ५ का विरुद्ध ८ गोल गर्दै नेपालको टाईगर टप्स टस्कर्सले उपाधि हात पारेको हो ।
नेपालको टाईगर टस्र्प टस्कर्सले अग्रिम ३ गोलको अंक आईसल्याण्डलाई दिए पनि नेपालको टाईगर टप्सले उपाधि कब्जा गर्न सफल भयो । प्रतियोगितामा गालवया लज श्रीलंकाले तेस्रो स्थान हासिल गऱ्यो । उसले पल ग्रिफिन्स अमेरिकालाई ४ का विरुद्ध ६ गोल गरेको थियो । यसवर्ष प्रतियोगितामा ७ देशका ८ समूहले सहभागिता जनाएका थिए । रस्ट्री खुकुरीज यूके, गालवया लज श्रीलंका, सिआईएच एसटी पल अमेरिका, हिमालयन टाईगर फाउण्डेसन नेदरल्याण्ड, एलिफेन्ट पोलो गियर आईसल्याण्ड, आयर एलिफेन्ट्स अस्ट्रेलिया, हिमालयन बैंक नेपाल सहभागी भएको आयोजक टाईगर टप्स थारु भिलेज रिसोर्टका प्रबन्धक डिवि चौधरीले जानकारी दिए । खेल गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन अमलटारीको खेल मैदानमा सञ्चालन भएको हो ।
Previous Articleपहाड र तराई टुक्र्याउन लागेको भन्दै पोखरामा विरोध
Next Article संविधान संशोधनको विरोधमा बुटबलमा वृहत प्रदर्शन