काठमाडौं,१७ मंसिर-चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिएका छन् । डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष शुक्रवार राजीनामा दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले उनलाई बीस दिनअघि आइओएमको डिनमा नियुक्त गरेको थियो । त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले उनलाई बर्खास्त गर्नुपर्ने मूख्य मागसहित आमरण अनसन बसेका थिए ।
सिंहले अनशनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाका लागि आफूले आइओएमको डीन पदबाट राजीनामा दिएको बताएका छन्। त्रिवि उपकुलपति डा. तीर्थ खनियाँसमक्ष राजीनामा पत्र बुझाएपछि प्रा. डा. सिंहले डा. केसीको ज्यानभन्दा आफ्नो पद प्यारो नभएकाले राजीनामा दिएको बताएका हुन्। ‘केसीको ज्यानभन्दा मेरो (डीन) पद ठूलो होइन। त्यसैले उनको जीवन रक्षाका लागि राजीनामा दिएको हुँ,’सिंहले भने।
Previous Articleदक्षिण र पश्चिममा उर्लियो विरोध
Next Article पहाड र तराई टुक्र्याउन लागेको भन्दै पोखरामा विरोध