बागलुङ, १७ मंसिर – जिल्लामा स्थानीय तह पुर्नसंरचना बिवादका कारण कतै हड्ताल त कतै बिरोध प्रर्दशन भएका छन् । दक्षिणभेगका स्थानीय नागरिकले बरेङ बजारलाई केन्द्र बनाएर गाउँपालिका बनाउन गरिएको प्रस्तावलाई नै निरन्तरता दिन माग गर्दै सदरमुकाममा प्रर्दशन गरेका छन् ।
सर्वदलीय सर्वपक्षीय संघर्ष समितिले प्रस्तावित बरेङ गाउँपालिकाले स्थानीय पुर्नसंरचना प्राविधिक सहयोग समितिलाई ध्यानाकर्षण गराउदै बिहिवार ज्ञापनपत्र बुझाएका छन् । स्थानीय पुर्नसंरचना प्राविधिक समितिले बरेङ केन्द्र रहने गरी ७ वटा गाविस समेटेर बरेङ गाँउपालिकाको प्रस्ताव राज्य पुर्नसंरचना आयोगमा पठाएको थियो ।
समितिले पठाएको प्रस्ताव विपरित नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायतका ६ दलले पैयुँथन्थाप र राङखानी गाविसलाई जैमनी नगरपालिकामा समावेश गर्ने गरि प्रस्ताव सिफारिस गरेपछि पुर्नसंरचना विवाद पुनः बल्झिएको हो । प्राविधिक समितिले पैयुथन्थाप गाविसको १, २ र ९ वडा सहित राङखानी, धुल्लुवाँस्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गाविसलाई समेत समाहित गरि बरेङ गाउँ पालिकाको प्रस्ताव राज्य पुर्नसंरचना आयोगमा पठाएको थियो ।
राङखानी गाविसलाई बरेङ गाउँपालिकामा नै समावेश गर्नु पर्ने र केन्द्र बरेङ बजार हुनु पर्ने माग सहितको हस्ताक्षर बुझाएर ध्यानाकर्षण गराइएको राङखानीका स्थानीय प्रकाश छन्त्यालले बताए । प्राविधिक समितिले प्रस्ताव गरेको बरेङ गाउँपालिकाको खाका अत्यन्त बैज्ञानिक भएकाले त्यसलाई नै कार्यान्वयन गरिनु पर्ने माग राख्दै पैयुँथन्थापका विरेन्द्र थापाले ७ सय जनाको हस्ताक्षर प्राविधिक समितिलाई बुझाए । धुल्लुबास्कोट र बरेङबजार व्यस्थापन समितिले पनि स्थानीयको हस्ताक्षर बुझाएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुँगानाले नागरिकको सुगमतालाई हेरेरे गाउँ पालिका र केन्द्र निर्माण गर्नु पर्ने बताए । नेपाली कांग्रेस हुग्दिशिरका सचिव अमरबहादुर थापाले पछिल्लो समयमा कांग्रेस लगायतका दलले ल्याएको प्रस्ताव सिद्रा देखाएर मुसा मार्न खोजे जस्तै भएको आरोप लगाए । धुल्लुबास्कोट, राङखानी, पैयुँका जनताको आवात जावात, संस्कार/संस्कृति एकै किसिमको भएको र भौगोलिक सुगमताको लागि पनि बरेङ बजार उपयुक्त भएको भन्दै पैयुँ र राङखानीलाई बरेङ गाउँ पालिकामा नै समावेश गरिनु पर्ने उनीहरुले जोड दिएका थिए ।
उता, पश्चिम खरबाङमा बिहिवार आमहड्ताल हुदाँ त्यहाँको जनजिवन दिनभर प्रभावित भएको छ । पछिल्लो प्रस्तावमा खरबाङ ग्वालीचौर केन्द्र रहेको बडिघाट गाउँपालिकाबाट पाण्डवखानी र रिघालाई गल्कोट नगरपालिकामा राखेर दोस्रो प्रस्ताव उल्ट्याउने निर्णय गरेको बिरोधमा खर्वाङ बजारमा वन्द गरिएको थियो । वन्दका कारण यातायात, शिक्षण संस्था, उद्योग, बजार बन्द भएका थिए ।
Previous Articleप्रहरीको विकल्प राम्रो प्रहरीः एसपी
Next Article आइओएम डिन सिंहद्वारा राजीनामा