बागलुङ, १६ मंसिर/जिल्ला पशुविकास कार्यालयले चालु आर्थिक बर्षको भूकम्प प्रभावित जिल्लामा पशुपंक्षि सम्बन्धी राहत र पुनस्थापना वार्षिक कार्यक्रम तथा बजेट बुधवार सार्वजनिक गरेको छ । जिविस हलमा आयोजित एक कार्यक्रममा बरिष्ठ पशु विकास अधिकृत डा. गोपाल गिरीले ६४ लाख ३९ हजार रुपैयाँको कार्यक्रम प्रस्तुत गरेका हुन् । भूकम्पबाट अति प्रभावित तोकिएका जिल्लाका किसानलाइ नश्ल र जातीका पशुपंक्षिहरु अनुदानमा उपलब्ध गराउने, पशुजन्य उत्पादनमा वृद्धि गरी खाद्य सुरक्ष तथा आयआर्जनमा समेत वृद्धि गर्ने लक्षले यो कार्यक्रम ल्याइएको उनले बताए । साथै सरकारले पिडितहरुका लागि गोठ र खोर निर्माण गरी भूकम्पबाट प्रभावितलाइ पशुपालनमा सुधार ल्याउने, पशुजन्य पदार्थको बजारीकरणका लागि उपकरण वितरण गर्ने, स्विकृत कार्यक्रमलाइ प्रभावकारी र सरल तरिकाले कार्यान्वयन गर्ने, नेपाल सरकार पशुपंक्षि विकास मन्त्रालयको प्रतिवद्धता पुरा गर्ने लक्ष राखिएकोले यो कार्यक्रम सार्वजनिक गरिएको समेत गिरीले बताए । कार्यक्रमअनुसार कुखुराको खोर निर्माण सहयोग, बाख्रा खोर बनाउनेमा सहयोग छ । त्यस्तै पशु सेवा प्रसार, पशु स्वास्थ्य, रोग अन्वेषण र सेवा, गाइभैसी वृहत श्रोत केन्द्र कार्यक्रम, पाडा हुर्काउने, युवा लक्षित बाख्रा विकास अभियान, दलित, जनजाती, अपांग, विपन्न समेतलाइ पशुपंक्षि पालनमा लगाएर उत्पादनमुलक बनाइ आयआर्जनमा सहयोग पु¥याउने समेत लक्ष राखिएको बताईएको छ ।