अर्जुन कार्की, बागलुङ, १६ मंसिर/एचआइभी एड्सबाट धौलागिरी अञ्चलमा ३ सय २५ जना संक्रमित रहेको पाइएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङको ए.आर.टी। रजिष्टरमा दर्ता भएका संक्रमितहरुको संख्यामा १सय ७२ जना पुरुष र १ सय ५३ जना महिला रहेका छन् । यस मध्य ३४ जना संक्रमितहरुको एड्सका कारण मृत्यु भएको बुधबार जिल्लामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । धौलागिरी अञ्चल अस्पतालबाट उपचारको लागि वितरण हुँदै आएको ए।आर।भि। नामक औषधि लिने संक्रमितहरु १२७ जना रहेका छन् । तीमध्ये ७१ जना पुरुष र ७२ जना महिलाहरु रहेको अञ्चल अस्पतालको रजिष्टरको तथ्याङ्कक रहेको छ । अस्पतालको तथ्याङ्क अनुसार, आ।व। २०६९÷७० मा २ सय ५१ जना, २०७०÷०७१ मा २ सय ६६ जना, २०७१÷०७२ मा २ सय ८६ जना र ०७२÷०७३ को मंसिर ९ गतेको रिपोट अनुसार ३ सय २५ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जिवन शाक्यले जानकारी दिए । आर्थिक वर्ष २०६९÷०७० बाट जिल्लामा रहेका एच।आइ।भी संक्रमितहरुले आफ्नो पहिचान खुलाउँदै गएका कारण अञ्चलमा रहेका संक्रमितहरुको संख्या वृद्धि हुदै गएको पालुवा बागलुङ केन्द्रका प्रमुख ज्ञानेन्द्र प्रसाद त्रिपाठीले बताए । यौनकर्मी महिलासँग असुरक्षित तरिकाले यौन सम्पर्क राख्ने व्यक्ति एचआइभी एड्सबाट बढी संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक तिवारीले बताए । उनले धेरै जसो पुरुषहरु बैदेशिक रोजगारीमा जाँदा असुरक्षित यौन सम्पर्कको कारण एचआइभी भएर आउँनेर घरमा आफ्नो श्रीमतीलाई जानकारी नदिइ यौन सम्पर्क गर्दा दुवै जना संक्रमणमा फ्सने गरेको बताए । जिल्लामा एड्सको संक्रमण दर बढ्दै गएको देखिएकाले यसलाई न्यूनीकरण गर्नका लागि रगत जाँच सेवालाई ग्रामीण क्षेत्रहरुमा पनि विस्तासर गर्न आवश्यक रहेको जनस्वास्थ्य अधिकृत शाक्यले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयले २९ औं विश्व एड्स दिवसको अवसरमा बिहीबार बिहान सचेतना ¥याली र कार्यक्रम गर्ने बताएको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जिवन शाक्यको अध्यक्षतामा सम्पन्न भएको पत्रकार अन्तरक्रिया कार्यक्रमको संचालन स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेण्ड चुडामणि कंडेल र एचआइभी एड्स कसरी, कहाँ पत्ता लाग्यो र हालसम्म यसबाट संक्रमितहरु कति छन् भन्ने बारेमा पालुवा बागलुङ केन्द्रका प्रमुख ज्ञानेन्द्र प्रसाद त्रिपाठीले जानकारी गराएका थिए । कार्यक्रममा पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
Previous Articleभूकम्प पीडितलाई पशुपंक्षी राहत
Next Article १६ मंसिर २०७३, ढोरपाटन दैनिक