बागलुङ, २ भदौँ – नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेपाल बिद्यार्थी सघंको ११ औ राष्ट्रिय महाधिवेशनबाट बागलुङका दूई बिद्यार्थी नेता राष्ट्रिय राजनीतिमा उदाएका छन् ।
प्रदेश नम्बर ४ बाट उपाध्यक्षमा डिल्लीराम सुवेदी र सहमहामन्त्रीमा हरिहर शर्मा बिजयी भएको निर्वाचन समितिले जनाएको छ । दुवै बिद्यार्थी नेता कांग्रेस महाधिवेशनमा बागलुङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बनेका थिए ।
सुवेदी कांग्रेस नेता कृष्ण सिटौला र गगन थापा निकट ह्नभने शर्मा रामचन्द्र पौडेल निकट मानिन्छन् । २०५१ सालमा बिद्यार्थी संघको साधारण सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका सुवेदी २०५३ सालमा जनता माविमा नेवि सघंको इकाई अध्यक्ष र अध्ययनको शिलशिलामा पृथ्वी नारायण क्याम्पस पोखरामा लामो समयसम्म इकाई समितिमा बसेर काम गरेका थिए ।
राजनीति मात्रै भन्दा पनि बिद्यार्थी राजनीतिलाई प्राज्ञिक बनाउनु पर्ने अभियानका साथ शैक्षिक सवालमा केन्द्रित रहेर बिद्यार्थी राजनीति गर्दै आएका छन् । सुँवेदी काठमाडौं शिक्षा क्याम्पसको स्वबियू सभापति समेत भई सकेका छन् ।
पछिल्लो समय पार्टी महाधिवेशनमा बागलुङ जिल्ला क्षेत्र नम्बर २ बाट महाधिवेशनमा प्रतिनिधिको रुपमा बिजयी सुवेदी २०६२र६३ को जनआन्दोलनमा पटक पटक थुनामा समेत परेका थिए । सहमहामन्त्रीमा निर्वाचित शर्मा नेवि सघंको निवर्तमान जिल्ला अध्यक्ष हुन । उनी जनआन्दोलन ताका चर्चित भएका थिए ।
Previous Articleनेविसंघको सभापतिमा नैनसिंह महर विजयी
Next Article एमालेको ध्यान चुनावमा