काठमाडौं, २ भदौ – नेविसंघको सभापतिमा नैनसिंह महर विजयी भएका छन् । बिहीबार सम्पनन्न मत परिणाम अनुसार १४३५ मत ल्याएर महर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन् ।
प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन् । प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन् । सुवेदी काँग्रेस नेता गगन थापा निकट मानिन्छन। अन्य प्रदेश र उपत्यकाको मतगणना जारी छ। निर्वाचित सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापा निकट मानिन्छन ।
Previous Article२ भाद्र २०७३, ढोरपाटन दैनिक
Next Article नेविसंघको चुनावमा बागलुङका २ जना विजयी