बागलुङ, १२ मंसिर – इमेज ऋण तथा बचत सहकारी संस्था लिमिटेड बागलुङको चौथो साधारणसभा शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।
उक्त अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सहकारीले सदरमुकाममा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत सेवा केन्द्र खोलेर जनतालाई सेवा दिनु सकारात्मक पक्ष भएको बताएका थिए ।
सहकारीको चौथो साधारणसभामा अध्यक्ष देबकुमार नेपालीले नेपाल कै पुरानो बिद्यामन्दिर पुस्तकालयको अभियानलाई एक थान कम्प्युटर प्रदान गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा अञ्चल प्रहरी कार्यालयका प्रमुख छबिलाल जोशि, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, जिल्ला बचत तथा ऋण सहकारी सँघका अध्यक्ष चण्डिप्रसाद शर्मा, नेपाल पत्रकार महासँघ बागलुङका पुर्ब अध्यक्ष राजेशचन्द्र राभजभण्डारी, जिल्ला सहकारी सँघका सदस्य अन्जु जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीमा राम्रो कारोबार गर्ने बचत तथा शेयर धनीहरू अनुप रिजाल, शोभा राजभण्डारी, श्याम प्रसाद पाण्डे, गुप्त बहादुर खत्री, पदमबहादुर सार्की, राधिका शर्मा, लोकबहादुर खड्का, मिनादेबि क्षेत्री, पदम प्रसाद शाक्य, माधब पौडेल, कबिराज सुनार, दलबहादुर पुन, देबि थापा केसी, पुर्णबहादुर कार्की, तुलसी राम गौतम, मित्रलाल सापकोटा, कुलप्रसाद जैसी, नरबहादुर खत्री, तारा कडेल, परशुराम सुवेदी, मुरारी गैरे र सीता अधिकारीलाई खादा अबिर र करूवा प्रदान गरेर सम्मान गरिएको थियो ।
१ हजार १५ जना शेयर सदस्य रहेको सहकारीले यस वर्ष १९ करोड लगानी गरि खुदनाफा १५ लाख गरेको अध्यक्ष नेपालीले जानकारी गराएका थिए । इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देबकुमार नेपालीको अध्यक्षता सल्लाहकार धनबहादुर परियारको स्वागत र बुर्तिबाङ रेडियोका स्टेसन मेनेजर कृष्ण कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारीले जिल्लाको पश्चिम क्षेत्रको बुर्तिबाङमा एफएम रेडियो संचालन गरेको छ ।
Previous Articleएमाले भीमापोखराको अध्यक्षमा शर्मा चयन
Next Article कमल थापालाई उपप्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव