काठमाडौं, १२ मङ्सिर – संविधान संशोधनका लागि संसदको दुई तिहाई मत पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेका छन्।
प्रमुख प्रतिपक्षी एमाले संशोधनमा सहभागी नहुने भएपछि राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहितको सम्मानजनक जिम्मेवारी दिएर संशोधनका लागि दुई तिहाइ पुर्याउने प्रधानमन्त्रीको प्रयास छ ।प्रधानमन्त्रीको आग्रहबारे अध्यक्ष थापाले आधिकारिक निर्णय गर्न सकेका छैनन् । केही दिनअघिमात्र एकीकरण भएको पार्टीमा विधिवत रुपमा यो प्रस्ताव लैजाने समय थापाले पर्खिरहेको स्रोत बताउँछ ।
प्रधानमन्त्री दाहालले अनौपचारिक रुपमा उपप्रधानमन्त्रीसहित परराष्ट्र वा स्थानीय विकासमध्ये एक मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेको स्रोतले बतायो ।
कमल थापालाई उपप्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव
Previous Article‘सहकारीले ग्रामिण क्षेत्रका जनतालाई सेवा दिनुपर्छ’
Next Article ट्रम्पको राष्ट्रपति पद धरापमा, पुनः मतगणना गरिने !