बागलुङ, १२ मंसिर – नेकपा एमाले जिल्ला कमिटी बागलुङले आठौँ जिल्ला अधिवेशन केन्द्रीत गरी जिल्लाको विभिन्न गाविसहरुमा गाउँ अधिवेशन तथा संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । अ
भियान अन्तर्गत शनिबार भीमापोखरा र अर्गल गाविसमा गाउँ अधिवेशन सम्पन्न भएको छ । भीमापोखरामा भएको अधिवेशनले रामप्रसाद शर्माको अध्यक्षतामा २१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा सविता गौतम, सचिवमा नारायणदत्त रेग्मी, उपसचिवमा चुडामणी उपाध्यय रहेका छन् । कमिटीको सदस्यहरुमा ओमादेवी केसी, धुर्व गौतम, चिरन थापा, राजु गौतम, धनमाया छन्त्याल, चन्द्रकला थापा, खगराज गौतम, कृष्ण गौतम, राजु निउरे, सूर्य थापा, बलबहादुर थापा, लक्ष्मी हमाल, सुरेश थापा, विरबहादुर थापा, कुलराज शर्मा र राम कार्की रहेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य डिल्लीराज गौतमले नेकपा एमालेलाई राष्ट्रको पहिलो शक्ति बनाउन गाउँ गाउँबाट अभियान संचालन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक हरिनारायण गौतम, विवाईसी बागलुङका अध्यक्ष अमर थापा, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, नेकपा एमाले जिल्ला कमिटी बागलुङका प्रचार विभाग प्रमुख रामकृष्ण शर्मा, जिल्ला कमिटी सदस्य गंगा शर्मा लगायतले बोलेका थिए ।
गाउँ कमिटी अध्यक्ष चन्द्रमणी उपाध्याको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन चित्रबहादुर कार्कीले गरेका थिए ।
यसैगरी, नेकपा एमाले गाउँ कमिटी अर्गलको दोस्रो अधिवेशनले गजेन्द्र घर्ती मगरको अध्यक्षतामा १५सदस्य गाउँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा हर्कबहादुर रोका, सचिवमा गीता रोका छन्त्याल, उपसचिवमा ओमबहादुर घर्ती रहेका छन् ।
कमिटीको सदस्यमा मिना रोका, मञ्जु खत्री, मिनकली कँडेल, प्रचण्ड प्रताप, कृष्ण गाउँले, मिनु रोका र लाल दर्जी रहेका छन् । ४ सदस्य पछि मनोनित गर्ने बताइएको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले निर्वाचन विभागका केन्द्र सचिवालय सदस्य ममतादेवी शर्माले देशको सामाजिक तथा आर्थिक विकासको लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको बताएका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य सञ्जय श्रेष्ठ, टेकबहादुर रेग्मी, पदम खत्री लगायतले बोलेका थिए । कार्यक्रम गाउँ कमिटी अध्यक्ष जगेन्द्र घर्तीको अध्यक्षता, प्रचण्ड प्रतापको स्वागत र बैरागनी काइँलाको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleठानेदारले जुँगा हल्लाए पछि…!
Next Article ‘सहकारीले ग्रामिण क्षेत्रका जनतालाई सेवा दिनुपर्छ’