चन्द्रवहादुर केसी
बृद्ध भत्ताबापत प्राप्त
दुई हजारका नोट लिइ
मनको सपिङ लिस्ट अनुसार
बजारमा सामान किनिसके पछि
घरतर्फ फर्कदै गरेकी
मेरी गाउँकि बुढी आमा
हातका औला भाच्दै
सामानको मूल्य र
तिरेको पैसाको
हिसाब मिलान गर्दैछिन।
खुशी हुँदै बजार गएकी बुढिआमै
दुई हजार खर्चिदा पनि
किनेका सामानको भारी नपुग्दा
खिन्न हुँदै मनको हिसाबशालामा
पुन फारो लगाउदै छिन् ।
सोच्दैछिन के नै पो किने र मैले
त्यही अलिकति मर्मसला
अलिकति चिनी र चियापत्ती
अलिकति नुन र तेल
अलिकति चामल र दाल
अनि अलिकति नातिनीलाइ मिठाइ ।
सकिएको थिएन मनको सपिङ लिस्ट
किन्नुथियो केहि बस्त्रहरु
केहि नरिबल र मिस्रीहरु
र केहि सामान्य औषधिहरु
तर सकियो साटेको दुई हजार ।
सोच्दैछिन् उस जमानामा
पैसा गर्हुङ्गो सामान हलुँगो थियो।
तर अहिले सामान गर्हुङ्गो
पैसा हलुँगो भएको छ।
भन्छन् राज्यले दुई हजार दिई
जेष्ठ नागरिकको सम्मान गरेको छ ।
तर यहाँ पैसा भन्दा पनि अघि दौडने
मुल्य वृद्धिको गतिले
जहिले निराश बनाएको छ
बुढी आमा जस्ता धेरै आमाहरुलाई
र बस्न बाध्य छन् अझै
वृद्ध भत्ता बृद्धिको आशामा।
Previous Articleशुद्धिकरणका लागि ठूला दल ‘थ्रेसहोल्ड’कै पक्षमा
Next Article तालिम सकियो