बागलुङ, ११ मंसिर – द्वन्द्वपछिको मेलमिलापमा पत्रकारिताको भूमिका विषयमा गरिएको दुइ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । सेन्टर फर मिडिया फ्रिडमको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा सम्पन्न तालिममा द्वन्द्वपछिको शान्ति र मेलमिलाप गर्नका लागि पत्रकारहरुले कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषय तालिममा जोड दिइएको थियो ।
तालिमको दोस्रो दिन अहिलेको अवस्थामा द्वन्द्वका समयमा भएका घाइते, बेपत्ता र ज्यान गुमाएकाहरु बारेमा न्यायीक र निष्पक्ष रुपले कसरी समाचार सम्प्रेसण गर्ने, संकमणकालीन न्यायको उद्देश्य, जिल्लामा द्वन्द्वकालीन समयमा भएका घटनाको आयोगमा उजुरी अवस्था, सुचनाको हकअन्र्तगत मौलिक हक धारा १९, २७ र २८ मा भएका व्यवस्थाहरु पालना जस्ता विषयमा छलफल गरिएको थियो ।
न्याय संयन्त्रका बारेमा सहजीकरण गर्दै अधिवक्ता राम शर्माले संकमणकालीन न्यायका उपायहरु, सत्य आयोग क्षेत्राधिकार, पुर्नलाभको अवस्था किसिम र द्वन्द्व पीडितका लागि न्याय संयन्त्र कस्तो हुनुपर्छ र त्यसलाई पत्रकारहरुले कसरी सम्प्रेशण गर्ने भन्ने बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष दिलीप पौडेलले जिल्लामा पत्रकारीताको अवस्था, जिल्लाबाट सत्य आयोगमा दर्ता भएका द्वन्द्वकालीन मुद्धा संख्या, जिल्लामा सञ्चार माध्यमहरुको संख्या, अवस्था र खेलेको भूमिकाको बारेमा सहजीकरण गरेका थिए ।
त्यस्तै सेन्टर फर मिडिया फ्रिडमका विनोद ढुङगेलले स्वस्च्छ र निष्पक्ष पत्रकारिता गर्नका लागि पत्रकारहरुमा हुनुपर्ने आधारभूत गुण, संयमता, जिम्मेवारीता, पत्रकारको सुरक्षा, विचार तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
तालिमको समापन समारोह नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेश राजभण्डारीको अध्यक्षता, सेन्टर फर मिडिया फ्रिडमका प्रशिक्षक विनोद ढुङगेलको स्वागत मन्तव्य र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष दिलीप पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleसिर्जना : बृद्ध भत्ता र बुढी आमा
Next Article ११ मंसिर २०७३, ढोरपाटन दैनिक