मुस्ताङको एमाले पार्टी मातहतको भातृ संगठन्हरुलाई मंसिर ४गते हुन गइरहेको संघ र प्रदेशको चुनावमा सक्रिय रूपमा खटन निर्देशन दिएको छ ।
जोमसोममा एमाले द्रारा आयोजित भातृ संगठनका अध्यक्ष/सचीवहरुको बैठकलाई सम्बोधन गर्दै पार्टी जिल्ला कमिटीका अध्यक्ष आस बहादुर थकालीले भातृ संगठनका कमरेडहरले आफ्नो मातहतका सदस्य /कार्यकर्ताहरु जो जहाँ पालिका /वडाहरुमा रहेका छन,सबै सम्बन्धित ठाँउको चुनाव परिचालन कमिटी संग आबद्ध भइ चुनाव प्रचार प्रसार लगायतका पार्टी काममा सक्रिय हुन निर्देशन दिनु भयो ।
भातृ संगठनका अध्यक्ष /सचीवहरुले पार्टीले दिएरको जिम्मेवारी पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीलाई रचनात्मक सुझाव दिएको जिल्ला कमिटी उपाध्यक्ष रमेश गुरुङले बताउनु भयो।
यसैगरि एमाले केन्द्रिय सल्लाहकार कमिटी सदस्य क.चन्द्र बहादुर गुरुङले पार्टीको भातृ संगठन र पार्टीको सबै नेता कार्यकर्ताको अर्जुनदृस्टि मंसिर ४को चुनाव भएको हुँदा उक्त चुनावमा संघ र प्रदेशमा पार्टीको तर्फबाट उठेका(प्रत्यक्ष /समानुपातिक)उम्मेदवार हरुलाई बिजय गराउने संकल्प बोकेर चुनावी मैदानमा खतिइ बिजयी गराउन आजैदेखि लाग्न निर्देशन दिनु भयो।
बैठकमा अखिल नेपाल महिला संघ,अनेरास्ववियु,नेपाल उत्पीडित जातिय मुक्ति समाज,युवा संघ नेपाल,नेपाल आदिवासी जनजाती संघ,प्रेस चौतारी नेपालअखिल नेपाल ,किसान संघ लगायतका संघसंगठनका अध्यक्ष/सचिव लगायत नेताकार्यकर्ताको सहभागिता रहेकोे थियो।
Previous Articleम्याग्दीमा पहिलो पार्टी बन्ने राप्रपाको दावी
Next Article सकियो ५४ कुरीया मगरको आगादेऊ पूजा