मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला म्याग्दीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टी म्याग्दीमा पहिलो पार्टी हुने दावी गरेको छ ।
राप्रपा म्याग्दीको जिल्ला कार्यसमिति बैठक पछि आयोजना गरिएको पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय सदस्य एवम् पूर्व राज्य मन्त्री जगतप्रसाद गौचनले राप्रपा म्याग्दीमा पहिलो शक्ति हुने दावी गर्नुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका गौचनले भन्नुभयो–‘म्याग्दीमा पहिलो राप्रपा, दोश्रोमा एमाले र तेश्रो शक्तिका रुपमा यो पटक नेपाली कांग्रेस रहने छ ।’
देशको आवश्यकतासंवैधानिक राजतन्त्र भएकोले संवैधानिक राजतन्त्र सहितको मुलुक बनाएर दिगो विकास र स्थायीत्वका लागि राप्रपाको जितको बिकल्प नरहेको पूर्व सहायक मन्त्री भीमप्रसाद गौचनले बताउनुभयो । गौचनले भन्नुभयो विगतमा राप्रपाले म्याग्दीमा नेतृत्व गर्दा जिल्लाका अधिकांश विद्यालय, झोलुङ्गे पुल गोरेटो बाटो, खानेपानी जस्ता जनताको आवश्यकताका विकास भएकोले अब पनि देश विकासका लागि राप्रपाले जित्नुको विकल्प नरहेको गौचनको भनाई थियो ।
पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय सदस्यहरु, जिल्ला कार्यसमितिका सदस्यहरु, प्रतिनिधिसभा उम्मेदवार तथा प्रदेशसभा उम्मेदवारहरुको सहभागिता रहेको थियो ।