मंसिर ४ गते विद्यालयको ६४औं वार्षिकोत्सवको कार्यक्रममा सहभागी भई घर फर्किने क्रममा सनियाले सुनको सिक्री भेटाएकी थिइन् । पुलाचौर घर भई हाल विद्यालय परिसरमा स्टेशनरी पसल गर्दै आएकी शान्ति आचार्यको साढे दुई तोला बढीको सिक्री मंसिर ४ गते हराएको थियो ।
‘हामीले त आश मारिसकेका थियौं,’ सिक्री फेला परेपछि खुशी देखिएकी आचार्यले भनिन्, ‘छोरीलाई असल संस्कार सिकाउने बाबुआमा र प्रकाश मावि परिवारलाई पनि धन्यवाद दिन चाहन्छु ।’ आचार्यका अनुसार सिक्री हराएको भोलिपल्ट सानियाले आफ्नो बाबुको साथमा विद्यालयमा आएर सिक्री फिर्ता गरेकी थिइन् ।
सिक्री फेला पारेर फिर्ता गर्ने सानियालाई शान्ति आचार्यको परिवारले स्टेशनरी सामान, नगदसहित सम्मान गरेको छ । विद्यालयको नियमित प्रार्थनाको बेला पारेर सानियालाई सम्मान गरिएको शान्तिका श्रीमान् शिवप्रसाद शर्माले जानकारी दिए।
‘प्रेरणादायी बालिकाबाट समाजले धेरै सिक्नुपर्छ । भविस्यमा पनि सहयोग गर्नुछौ’ शर्माले भने । विद्यालयमा समेत सोनियाले सिक्री फेला पारेर दिएपछि शिक्षकले समेत धन्यवाद दिएका थिए ।
विद्यालयका प्राचार्य हरिकृष्ण सुबेदीले सानिया र उनको परिवारको इमान्दारिताको जति तारिफ गरे पनि कम हुने भन्दै विद्यार्थीका रुपमा सानियाको उच्च मूल्यांकन गरिने प्रतिबद्धता जनाएका छन् ।
पछिल्लो समय म्याग्दीमा समाजलाई सन्देश प्रवाह गर्ने गरी बालबालिका तथा यूवाहरूले उदाहरणीय काम गरिरहेका छन् । एक महिना अगाडी कालिगण्डकी नदीमा बगाइरहेको बालिकालाई ज्यान जोखिममा पारेर एक यूवाले बचाउन सफल भएका थिए ।