बागलुङ, ९ मंसिर – बोङ्गादोभावनमा गाविस स्तरिय अन्तरपार्टी दलित सञ्जाल भेलाको भेला सम्पन्न भएको छ । भेलाले दलित प्रोफाईल प्रकाशन गर्ने निर्णय गरेको छ । दलित समुदायको सामाजिक, आर्र्थिक, सांस्कृतिक अवस्था समेटेर दलित प्रोफाईल बार्षिक रुपमा प्रकाशन गर्ने निर्णय गरेको अध्यक्ष अनबहादुर बिवकले जानकारी दिए ।
बैठकले मंसिर १४ गते अधिवेशन सञ्जालको अधिवेशन गर्ने निर्णय पनि गरेको छ । कार्यक्रमको प्रचार–प्रसारका लागि अध्यक्ष अनबहादुर विकको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरिएको छ । समितिको सदस्यमा नारायण सुनार, लिलबहादुर श्रीपाली, नरकुमार गोतामे र लिलाकुमार विक रहेका छन् ।
कार्यक्रममा बोल्दै दलित मुक्ति मोर्चाका केन्द्रि सदस्य सुर्य श्रीपालले सामाजिक विभेद अन्त्यका लागि सवै दलित र गैर दलित एक भएर अघि बढ्नुपर्ने बताए । विभेद अन्त्यको लागि गाउँ गाउँमा सामुहिक प्रयास हुन नसक्दा दलित समुदायले अझै पनि विभेदपुर्ण व्यवहार सहनुपरेको बताए ।
भेला बोङ्गादोभावनमा गाविस स्तरिय अन्तरपार्टि दलित सञ्जालका अध्यक्ष अनबहादुर विकको अध्यक्षता रामबहादुर विकको स्वागत र लिलबहादुर सुनारको सञ्चालनमा भएको थियो ।