अर्जुन कार्की
बागलुङ, ८ मंसिर – ‘बौद्धिक तथा शारीरिक विकासका लागि खेलकुद’ भन्ने नाराका साथ गरिमा आवासिय मावि तथा डिग्नीटि कलेज बागलुङद्वारा आयोजित गरिमा च्याम्पियनसीप कप २०७३ टि–१२ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक गरिमाले जितेको छ ।
बाङ्गेचौर खेल मैदानमा भएको निकै रोमाञ्चक खेलमा अमर आर्दश आवासिय उमाविलाई ६ विकेटले पराजित गर्दै गरिमा आवासिय माविले उपाधि जितेको हो । पहिले टस जितेर व्याटिङ रोजेको अमर आदर्श आवासिय माविले १६ ओभरमा ८ विकेट गुमाउँदै ७८ रन बनाएको थियो । खेलको पहिलो ओभरमा आफ्ना क्याप्टेन सुनिल जिसी र दोस्रो ओभरमा सुनिल काउचा खातानै नखोली पवेलियन फर्किदा आदर्श २ ओभरमा मात्र १ रनको अवस्थामा रहेको थियो ।
उक्त अवस्थामा रहेको आदर्शलाई विरन थापा र अटल अधिकारीले राम्रो लयमा ल्याएका थिए । आदर्शका व्याटम्यान विरन थापाले २४ वलमा २२ रन र अटल अधिकारीले २१ वलमा १३ रन बनाएका थिए । ७९ रनको लक्ष्य लिएर जबाफि व्याटिङमा उत्रेको गरिमा आवासिय उमाविले १५ ओभरमा ४ विकेटको क्षेतीमा लक्ष्य भेटाएको थियो । गरिमाको पनि पहिलो ओभर धरमराएको थियो । उसका ओपन व्याटम्यान पवन थापा पहिलो बलमै आउट हुन पुगेका थिए ।
दोस्रो ओभरदेखि केही आक्रमक पारी खेलेका गरिमाका ओपनर ब्याटम्यान कमल शेरचनले १३ बलमा २ छक्का र १ चौकाको मद्धतमा २० रन बनाएका थिए । गरिमाको जितको लागि खेल अवधिभर उत्कृष्ट व्याटिङ गरेका अर्जुन क्षेत्रीले ४२ बलमा नटआउट ३० रन र उत्कृष्ट बलिङ गरेका भुवन कार्कीले नटआउट ४ रन बनाएका थिए ।
यसअघि सेमिफाइनलमा खेलमा गरिमा आवासिय माविले कालिका कन्या माविलाई ३ विकेटले र अमर आदर्श माविले भिमसेन उच्च माविलाई ३ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । बागलुङ जिल्लाका १५ विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा ४ खेलबाट ९ विकेट लिदै गरिमा आवासियका भुवन कार्की उत्कृष्ट बलर, ४ खेलमा ८६ रन बनाएका गरिमाका अर्जुन क्षेत्री उत्कृष्ट व्याटम्यान घोषित भएका थिए ।
यस्तै अमर आदर्शका विरेन थापा उत्कृष्ट खेलाडी घोषित भएका छन्भने युएस एकेडेमीका सन्देश छन्त्याल अनुशासीत खेलाडी घोषित भएका थिए ।
प्रतियोगिताको उपाधि जितेको गरिमा आवासिय उमाविले १० हजार ५ सय ५५ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता अमर आदर्श माविले ५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।